३९ घण्टापछि जीवितै उद्धार

    1611

    खाँदबारी : अरुण तेस्रो परियोजनाको बाँध निर्माणस्थलमा पहिरो खस्दा बेपत्ता भएका चार जनाको ३९ घण्टापछि जीवितै उद्वार भएको छ । शुक्रबार राति करिब ८ः४० बजे पहिरो खस्दा बेपत्ता भएका दुई भारतीयसहित चार जनाको ३९ घण्टापछि जीवितै उद्वार गरिएको हो ।

    बेपत्ता भएका  कालिकोटका कामदारहरू ३२ वर्षीय प्रदीप शाही, जुम्ला चन्द्रनगर नगरपालिका(१ का ४४ वर्षीय प्रेम परियार, भारत झारखण्डका अपरेटर ५५ वर्षीय बुधन मुण्डा र भारत विहारका पम्प सहयोगी ४५ वर्षीय नन्द किशोरको जीवितै उद्वार भएको हो ।

    मकालु ५ मा रहेको बाँध निर्माण स्थलमा हाल सुरुङ मार्गसहित अन्य आयोजनाको निर्माण कार्य सञ्चालन भइरहेको थियो।

    पहिरो नरोकिँदा र वर्षा पनि भइरहँदा उद्धारमा समस्या देखिएको थियो । सुरुङमार्ग निर्माण भइरहेको स्थानमा माथिबाट पहिरो खसेको थियो। शनिबार दिनभरि ४ वटा स्काभेटरले पहिरो पन्छाएका थिए। तर, फसेकालाई निकाल्न सकिएको थिएन तर आइतबार बिहान साढे ११ बजे उनीहरुको उद्वार गरिएको हो ।

    स्रोत:अन्नपूर्ण पोस्ट