वीरगन्ज–परवानीपुर ६६ केभी प्रसारण लाइन सञ्चालनमा

1058

बुधवार, चैत्र २०, २०७५

हुण्डरीले पोल ढालेपछि अवरुद्ध वीरगन्ज–परवानीपुर ६६ केभी डबल सर्किट विद्युत् प्रसारण लाइन सञ्चालनमा आएको छ । बेलुकी ४ बजेबाट दुवै सर्किट सञ्चालनमा ल्याउन सफल भएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए ।

राष्ट्रिय प्रसारण लाइनको विद्युत् हेटौँडा सबस्टेसन परवानीपुर सबस्टेसन हुँदै वीरगन्जमा प्रवाह हुँदै आएको थियो । प्रसारण लाइन अवरुद्ध हुँदा वीरगन्ज वितरण केन्द्रअन्तर्गत विद्युत् वितरण हुँदै आएको क्षेत्रमा विद्युत् प्रसारण अवरुद्ध भएको थियो ।

‘रातमा पनि काम गरेर प्रसारण लाइन सञ्चालनमा ल्याइयो,’ प्रवक्ता अधिकारीले भने, ‘वितरण लाइन क्षति भएका ठाउँमा बाहेक अन्य क्षेत्रमा विद्युत् आपूर्ति नियमित भएको छ । भारतबाट विद्युत् आयात हुँदै आएको रक्सौल–वीरगन्ज ३३ केभी प्रसारण लाइन सोमबारबाटै सञ्चालनमा आएको थियो । तर, १३२ केभीको रक्सौल–परवानीपुर अन्तरदेशीय प्रसारण लाइन भने सञ्चालनमा आउन सकेको छैन । सो प्रसारण लाइनको टावरमा केही स्थानमा क्षति पुगेको छ ।

 

स्रोत:नयाँपत्रीका