प्राधिकरणले १४ मेगावाट क्षमताको माथिल्लो मोदी बनाउँदै

    1303

    नेपाल विद्युत् प्रांधिकरणले  कास्कीको मोदी खोला १४ मेगावाट क्षमताको माथिल्लो मोदी जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ ।

    नेपाल विद्युत् प्राधिकरण र विद्युत् विकास विभागले आज एक सूचना मार्फत आयोजना निर्माणको क्रम सुरु भएको जनाएको हो ।

    कास्की र पवर्त जिल्लाकोबीचबाट बग्ने मोदी खोलामा निर्माण हुने उक्त आयोजनाको आयोजनास्थल भने साविकको लुम्ले गाविसमा रहेको छ ।

    आयोजनाले वातावरणीय प्रभाव मूल्यांकनका लागि आज सूचना प्रकाशित गरी स्थानीय प्रभावितसँग आवश्यक जानकारी दिन भनेको हो ।

    आयोजना तीन वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । ७/७ मेगावाट क्षमताका दुई वटा भर्टिकल एक्सिस फ्रान्स्सि टर्वानबाट विद्युत् उत्पादन गर्ने प्राधिकरणले जनाएको छ ।

    अर्थ संसार