त्रिशूली ३ ‘ए’ क्षमता विस्तारको युनियनद्वारा विरोध

    3174

    काठमाडौ, पुस ७ –
    आर्थिक चलखेल र ईपीसी ठेक्का प्रक्रियालाई असफल बनाउन माथिल्लो त्रिशूली ३ ‘ए’ आयोजनाको क्ष्ामता बढाउन लागिएको भन्दै विद्युत् प्राधिकरणका युनियनहरूले विरोध जनाएका छन् । युनियनले गलत नजिर बस्न जाने भन्दै क्ष्ामता नबढाउन प्रधानमन्त्री बाबुराम भट्टराईको ध्यानाकर्षण गराएको छ । ‘सम्झौताबमोजिम ठेकेदारले समयमा नै काम गर्न नसकेका कारण दण्डित हुन सक्ने भएकाले क्षमता परिवर्तन गर्दा तोकिएको समय पनि बढ््न गई आर्थिक रूपमा समेत अत्यधिक लाभदायी हुने भएकाले ठेकेदार पक्षबाट नै क्षमता वृद्धिको चलखेल भएको छ,’ कर्मचारी युनियनले पठाएको पत्रमा उल्लेख छ । चिनियाँ गेजुवा कम्पनीले आयोजना निर्माणको ठेक्का लिएको हो ।

    प्रस्तुति: कान्तिपुर