तामाकोसीको सुरुङ जोडियो

    2721

    दोलखा, २९ साउन-

    Upper-Tamakoshi-Access-Tunnelमाथिल्लो तामाकोसी जलविद्युत् आयोजना(४५६ मेगावाट)को मुख्य सुरुङको पहिलो ‘ब्रेक थ्रु’ भएको छ । आयोजनाको बाँधस्थल लामाबगर र भैंसे अडिटतर्फबाट निर्माण भइरहेको ३ किलोमिटर सुरुङ एकअर्कामा जोडिएपछि बे्रक थ्रु भएको हो ।
    मुख्य सुरुङको काम दुई वर्ष अघि सुरु भएको हो । आयोजनाको ठेकेदार कम्पनी सिनो हाइड्रो कर्पोरेसनले निर्माण गरिरहेको छ । मुख्य सुरुङको काम ४ ठाउँबाट खनिएकोमा दुई ठाउँको काम पूरा भएको हो । लामाबगरतर्फबाट १ हजार ५ सय ७५ मिटर र भैंसेतिरबाट उपल्लो खण्डमा १ हजार ३ सय ३९ मिटर सुरुङ निर्माण भएको हो । आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले मुख्य सुरुङको पहिलो बे्रक थ्रुले आयोजनाको काममा उत्साह थपेको प्रतिक्रिया दिए ।
    भैंसेमा ३ सय ९४ मिटर अडिट सुरुङ निर्माण गरेर उपल्लो खण्ड र तल्लो खण्डमा सुरुङ निर्माण भइरहेको छ । उपल्लो खण्डको काम सकिएपछि तल्लो खण्डको काममा समेत तीव्रता आउने उनले बताए । ठेकेदारले माथिल्लो खण्डको जनशक्तिसमेत तल्लो खण्डमा केन्द्रित गर्ने गरी काम गर्ने तयारी गरेको छ । भैंसेदेखि तल्लो खण्डमा १ हजार मिटर सुरुङ पूरा भएको छ ।
    मुख्य सुरुङको पेनस्टक साफ्ट नजिक भौगर्भिक अवस्था कमजोर भएपछि काम रोकेर डिजाइन परिवर्तनको काम भइरहेको छ । आयोजनाको कुल १६ किलोमिटर सुरुङमध्ये ११ किलोमिटर पूरा भएको छ । पावर हाउस भित्र र टेलसेरको सुरुङ निर्माणको काम समेत तीव्र गतिमा भइरहेको छ । हेडवक्र्सको काम समेत एकतिहाइ पूरा भएको छ ।

    प्रस्तुति: कारोबर / दिलबहादुर केसी