अपि पावरको आठ प्रतिशत बोनस सेयर

    1908

    काठमाडौं – अपि पावर कम्पनी लिमिटेडले सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर (कर बाहेक) दिने भएको छ । पुस ३० गते राजधानीमा भएको कम्पनीको १४औं वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो ।

    कम्पनीले ८.५ मेगावाट क्षमताको नौगड गाढ जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । यस्तै, ८ मेगावाट क्षमताको अपर नौगड गाढ जलविद्युत आयोजना आगामी चैतभित्रै सम्पन्न गर्ने कम्पनीले जनाएको छ ।

    साधारण सभाले १ः२ को अनुपातमा हकप्रद सेयर निष्कासन गरी सिद्धकाली पावर लिमिटेडमार्फत त्रिशुली गल्छी आयोजना र सोलार आयोजनामा लगानी गर्ने योजना पारित गरेको गरेको छ ।

    स्रोत:नागरिक