NepalEnergyForum

चेम्बर–इप्पान–ऊर्जामन्त्री अन्तरक्रिया : ‘बोलेको गर्छु, नसकेकोमा ‘सरी’ भन्छु’

काठमाडौं । व्यवसायी तथा उद्यमीहरूले ऊर्जाको प्रभावकारी विकासका लागि आवश्यक नीति तथा कार्यक्रम अघि बढाउन सरकारलाई सुझाव दिएको छ । नेपाल चेम्बर अफ कमर्शले बिहीवार राजधानीमा आयोजना गरेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँगको अन्तरक्रिया कार्यक्रममा उनीहरूले त्यस्तो सुझाव दिएको हो । उनीहरूले मन्त्री पुनसँग ऊर्जासम्बद्ध निजीक्षेत्रले भोगेका समस्याको सम्बोधन गर्न आग्रह गरेको छ ।

कार्यक्रममा उद्योगी, व्यापारी तथा विभिन्न क्षेत्रका व्यक्तिले आआप्mना क्षेत्रमा रहेका विद्युत्सम्बन्धी समस्या बताएका थिए । उनीहरूले उद्योगमा आवश्यक विद्युत् जडानका लागि निवेदन दिएको लामो समयसम्म पनि जडान नहुने समस्या रहेको बताए । त्यसैगरी उद्योगमा लाइन लिनेदिने सवालमा पैसाको लेनदेन हुने गरेको भन्दै यसमा कडाइ गर्न पनि माग गरेका छन् । जलविद्युत् आयोजना विकास गर्ने क्षमता तथा लगानी नभएकाले लाइसेन्स धेरै पाएको र सक्नेले नपाएको भन्दै यो विषय संवेदनशील रूपमा कार्यान्वयन गरिनुपर्नेमा पनि उनीहरूको जोड छ ।

कार्यक्रममा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठ, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष शैलेन्द्र गुरागाईंले ऊर्जाक्षेत्रका समस्याका सम्बन्धमा निकै विषय उठाएका थिए भने मन्त्री पुनले उक्त दुईका साथै सबै वक्ताहरूले उठाएका विषयलाई समग्रमा प्रतिउत्तर दिएका थिए ।

वर्षमान पुन
मन्त्री
ऊर्जा, जलस्रोत तथा सिँचाइ

राजेशकाजी श्रेष्ठ
अध्यक्ष
नेपाल चेम्बर अफ कमर्श

शैलेन्द्र गुरागाईं
अध्यक्ष
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)

 

 

स्रोत:अभियान