Chhandi Khola Hydroelectric Project(1.7 MW), going to start construction soon.
जलविद्युत् आयोजना बढ्दै
यसैगरी जिल्लामा अहिले ४.४ मेगावाट क्षमताको राँधीले पनि आगामी पुस महिनाभित्र निर्माणकार्य सम्पन्न गरी विद्युत् उत्पादन थाल्ने जनाएको छ भने ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दीले पनि आयोजनाको निर्माणकार्य थालेको छ ।
लमजुङमा लगानीमैत्री वातावरण र जलविद्युत्को उच्च सम्भावना भएपछि अन्य आयोजनहरू पनि निर्माणको दौरानमा छन् । यसैबीच हालसालै १.७ मेगावाट क्षमताको छ्याङ्दी खोला हाइड्रोपावर कम्पनीले आयोजना निर्माणको अनुमति लिएर वित्तीय व्यवस्थापनमा जुटेको छ ।
पूर्वी लमजुङको फलेनी र बन्सार गाविसको बीच भएर बग्ने छ्याङ्दी खोलामा निर्माण गर्न लागिएको यो आयोजनाको २ महिनामा निर्माणको काम थाल्ने प्रवद्र्धक कम्पनी छ्याङ्दी खोला हाइड्रोपावरका साइड इन्चार्ज शरदकुमार पौडेलले बताए ।
छ्याङ्दी खोलाको पानीलाई २ हजार १ सय मिटर लामो डिसेन्ड बनाएर प्रेसरपाइपको सहायताबाट फलेनी गाविसको वडा नम्बर १ दारिमबोटमा निर्माण गरिने विद्युत्गृहमा १ सय ७३ मिटर माथिबाट पानी ल्याएर खसालिने साइड इन्चार्ज पौडेलले बताए । आयोजनाले अहिले स्थानीय तहमा आवश्यक पर्ने जग्गा खरिद, विद्युत्गृह तथा इन्टेक स्थलमा ड्रिलिङको काम भइरहेको बताइएको छ ।
२२ कारोडको लागतमा निर्माण गरिन लागेको १.७ मेगावाट क्षमताको यो आयोजनाले २ वर्षभित्रमा आयोजनाको निर्माणकार्य सम्पन्न गरी विद्युत् उत्पादन गर्ने बताइएको छ । यो आयोजनासँगै दोर्दी करिडोरमा निर्माण हुने आयोजनाको संख्या ५ पुगेको छ ।