NepalEnergyForum

Chaku ‘A’ Hydropower Project to be completed in April

Private sector invested Upper Chaku ‘A’ Hydropower Project to be completed in April,2015.

Chaku Khola at Arniko Highway

चौतारा,  कात्तिक १५ गते । निजी क्षेत्रको लगानीमा सिन्धुपाल्चोकको माथिल्लो चाकु ‘ए’ जलविद्युत् आयोजनाको काम निर्धारित समय आगामी चैतमा पूरा हुने गरी काम भइरहेको छ ।

शिवश्री हाइड्रो पावर लिमिटेडको रु तीन अर्बको लगानीमा चार वर्षअघि सुरु भएको २२.२ मेगावाटको सो आयोजनाको ७० प्रतिशत काम भइरहेको कार्यकारी अध्यक्ष उमेश कसजुले बताउनुभएको छ ।

जिल्लावासीलाई ६५ प्रतिशत शेयर वितरण गरिने आयोजनाले जनाएको छ । सो आयोजनाको विद्युत् गृह र बाँधको काम सम्पन्न भइसकेको छ । ८१५ हेड रहेको सो आयोजनाको प्रसारण लाइनको काम ५० प्रतिशत र तीन हजार ३०० मिटर सुरुङ मार्गमध्ये हालसम्म दुई हजार ४०० मिटर सम्पन्न भइसकेको अध्यक्ष कसजुले बताउनुभयो ।

अरनिको राजमार्गको १०० किमिमा पर्ने चाकु बजारदेखि मार्मिङ र फुल्पिङकट्टी गाविसको चन्द्रापुर र याङ्लेफाँटमा पर्ने योजना स्थलसम्मको ३० किमि प्रवेश मार्गसमेत सम्पन्न भइसकेको छ ।

आयोजना स्थलबाट लामोसाँघुसम्मको २० किमि १३२ केभि प्रसारण लाइनद्वारा लामोसाँघुको सवस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा आबद्ध गरिनेछ ।

सो कम्पनीले जिल्लाको माथिल्लो बलेफीमा सात अर्बको लगानीमा ३६ मेगावाटको आयोजनाको काम पनि सुरु गरिसकेको अध्यक्ष कसजुले जानकारी दिनुभयो । रासस