Lot -1 Civil Constitution – 70 % Completed
Lot-2 Hydro Mechanical – 50 % Completed
Lot-3 Electro Mechanical – Reached to site
Lot-4 Transmission Line – 10 Km out of 46 Km completed
दोलखाको उत्तरी क्षेत्रमा पर्ने लामाबगरमा निर्माण भइरहेको आयोजनामा लट–१ को मुख्य ठेकेदार चिनियाँ कम्पनी सिनो हाइड्रोले सिभिल निर्माण कार्य करीब ७० प्रतिशत पूरा गरिसकेको पनि डा. न्यौपानेले बताए । उनका अनुसार सिभिल निर्माण कार्यअन्तर्गतको बाँध निर्माणको काम ६० प्रतिशतभन्दा बढी र मुख्य सुरुङको निर्माण कार्य ८२ प्रतिशत पूरा भइसकेको छ । कुल १६ किलोमिटर सुरुङमध्ये १३ दशमलव २ किलोमिटर निर्माण भइसकेको उनले जानकारी दिए ।
सिभिल निर्माण कार्यअन्तर्गतको सबैभन्दा चुनौतीपूर्ण मानिएको विद्युत्गृह खन्ने काम पनि पूरा भइसकेको छ भने ६ ओटा ट्रान्सफर्मर तथा टर्वाइन क्याभर्नमध्ये चारओटाको निर्माण कार्य पनि सकिइसकेको छ । डिजाइन परिवर्तन गरी खन्न शुरू गरिएको पेनस्टक साप्mटको करीब ३ हजार ५ सय मिटरमध्ये करीब ३ हजार ३ सय मिटरको निर्माण कार्य पनि पूरा भइसकेको छ ।
लट–२ को भारतीय ठेकेदार कम्पनी टेक्सम्याको रेल्वे इञ्जिनीयरिङले इलेक्ट्रो–मेकानिकल कार्यअन्तर्गत बाँधस्थलमा गेट हबसम्बन्धी कार्यहरू ५० प्रतिशत पूरा गरेको छ । त्यस्तै विद्युत्गृहमा पनि ट्रान्सफर्मरको पाइपिङसम्बद्ध कामहरू अन्तिम चरणमा पुगेको बताइएको छ । लट–३ को अष्ट्रियन ठेकेदार कम्पनी एण्ड्रिज हाइड्रोले टर्वाइनका पाटर््सहरू आयोजनास्थल पु¥याई ‘डेभलपिङ’ कार्य गरिरहेको आयोजनाले बताएको छ ।
आयोजनाको लट–४ अन्तर्गत पर्ने विद्युत् प्रसारणका लागि २२०÷१३२ केभीको प्रसारण लाइन निर्माण कार्य पनि भारतीय कम्पनी केईसी इण्टरनेशनल लिमिटेडले शुरू गरिसकेको छ । केईसीले गोङ्गरखोलादेखि खिम्तीसम्मको ४७ किलोमिटरमध्ये पहिलो चरणमा करीब १० किलोमिटर प्रसारण लाइनको निर्माण थालिसकेको प्रवक्ता डा. न्यौपानेले जानकारी दिए ।
प्रसारण लाइनका लागि ओराङ गाविसदेखि नाम्दु गाविससम्म जग्गा अधिग्रहण गरिसकेको भए पनि केईसीले प्रथम चरणअन्र्तगत लामिडाँडाको सिँगटीदेखि सुनखानी गाविसको नागदहसम्ममा पर्ने करीब २८ ओटा टावरको काम गर्नेछ । आयोजनाका अनुसार करीब १ सय २५ ओटा टावरमध्ये ६३ ओटा टावरको सम्पूर्ण सामग्री निर्माणस्थलमा पु¥याइसकिएको छ । २०७२ चैतसम्म सम्पन्न हुने भनिएको यो आयोजनाको अनुमानित लागत करीब रू. ३५ अर्ब २९ करोड रहेको छ ।
Source : Abhiyan