NepalEnergyForum

वर्षाले विद्युत प्रसारण, सव स्टेसन तथा बितरण प्रणालीमा करौडौंको क्षति

काठमाडौ÷दुईतीन दिन देखि पूर्व तथा मध्य नेपालमा भइरहेको अविरल वर्षले विद्युत प्रसारण लाइन, सब स्टेसन तथा बितरण प्रणाली लगायतका संरचनामा करौडौ क्षति पुगेको छ । विद्युतका संरचनामा क्षति पुगेकाले पूर्वाञ्चलका सबै जिल्लामा विद्युत आपूर्ति हुन नसकेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । मन्त्रालयमा आइतबार पत्रकार सम्मेलन गरी ऊर्जा मन्त्री महेन्द्रबहादुर शाहीले बाढीले विद्युतका संरचनामा करौडौं रुपैयाँको क्षति पुर्याएको बताए । ‘विद्युतका कारणले मानवीय क्षति त भएको छैन, तर हाम्रो संरचनामा ठूलो क्षति पुगेको छ’,उनले भने,‘प्राधिकरणको सम्पूर्ण टिम समस्यालाई समाधान गरी छिट्टो विद्युत आपूर्ति सुचारु गर्न तदारुकताका साथ लागिरहेको छ ।’

बाढी क्षेत्रमा सञ्चालकको कमाण्ड

ऊर्जा मन्त्रालय बाढी क्षेत्रमा पुगेको क्षति यकिन गर्न ४ जना सञ्चालको नेतृत्वमा टोली खटाएको छ ‘पूर्व, पश्चिम, मध्य पश्चिम र सुदूर पश्चिम सञ्चालनको नेतृत्वमा कमाण्ड फोर्स परिचालन गरिएको छ’, मन्त्री शाहीले भने,‘ पूर्वमा सञ्चालक चेतराज जोशी,मध्यमा उमेशप्रसाद थानी, पश्चिममा चन्द्र टण्डन र मध्यपश्चिम तथा सुदूरपश्चिममा भक्तबहादुर पुनेको कमाण्डमा टोली फार्स परिचालन भएको छ ।’

काठमाडौंमा समस्या छैन ः कुलमान

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुमालन घिसिङले काठमाडौं उपत्यकमा विद्युत आपूर्तिको कुनै समस्या नरहेको बताएका छन् । ‘तराईका क्षेत्रमा विद्युत आपूर्ति सुचारु गर्न तत्काल गर्न सक्ने ठाउँमा काम गरिरहेका छौं। दुहवीको सव स्टेसन डुवानमा परेकाले समस्या भइरहेको छ’,उनले भने,‘काठमाडौं उपत्यकमा विद्युत आपूर्तिको कुनै समस्या छैन, लाइन काटिएको छैन ।’ उनले ढल्केबर मुजफ्फरपुरबाट विद्युत ल्याउन समस्या भइरहेको बताए । ‘टेक अर पे सर्त रहेकाले त्यहाँबाट विद्युत ल्याउनै पर्ने बाध्यता हामीलाई छ, एक दिन ल्याउन सकेनौ भने एक करोड २० लाख रुपैयाँ घाटा हुन्छ’, घिसिङले भने,‘बाढीको जानकारी भारतीय पक्षलाई गराइसकेका छौं, अझै ल्याउन सक्ने अवस्था भयो भने पुनः जानकारी गराउन पत्रचार गर्ने छौं ।’ उनले जलमग्न भएकाले प्रणाली सुचारु गर्न सम्बन्धित ठाउँमा पुग्न नसकिएको बताए ।

यस्तो छ क्षति

क्षति पुगेका मुख्य १३२ र ६६ के,भी. लाइन तथा सवस्टेशन

१३२के.भी./३३ के.भी. सव स्टेशन फिडर ट्रिपिंग अवस्था

जलविधुत गृहको अवस्था र ट्रिपिंग विवरण

धेरै सवस्टेशनतथा फिडर बन्द अवस्थामा रहेको हुँदा जलविधुत गृहको क्षमता उत्पादन भन्दा धेरै कम उत्पादनभै रहेको छ|

 विधुत आयातको अवस्था

काठमान्डू उपत्यका भित्रकोलोड ट्रिपिंग समस्या