रसुवा, कार्तिक १४ –
जलविद्युत् निर्माणस्थलमा चिनियाँ ठेकेदार कम्पनी सीजीजीसी, नेपाल विद्युत् प्राधिकरण, चिनियाँ परामर्शदाता नर्थ वेस्ट हाइड्रो कन्सल्टिङ र जिल्ला प्रशासन कार्यालय रसुवाको रोहबरमा सिमेन्ट सिल गरिएको हो ।
विद्युत् प्राधिकरण राष्ट्रिय कर्मचारी संगठन वैद्य पक्षका केन्द्रीय अध्यक्ष सीताराम थापाको नेतृत्वमा स्थलगत अनुगमनमा सिमेन्ट राखेको ठाउँमै जमेर डल्ला परेको पाइएको थियो । ‘गुणस्तरहीन सिमेन्टले आयोजनाको आधारभूत संरचना कमजोर हुन्छ । सिमेन्टलाई नष्ट गर्न माग गरेका छौं,’ थापाले भने । अनावश्यक रूपमा सिमेन्ट आयात गरेर काममा ढिलासुस्ती गर्दै म्याद गुजारिएकोले समस्या देखिएको प्राधिकरणका एक कर्मचारीले बताए । रसुवाको डाँडागाउँ वडा नम्बर ७ सल्लेटारमा बाँध निर्माण गरी नुवाकोटको मनकामना गाविस सिम्लेमा भूमिगत विद्युत्गृह निर्माण भइरहेको छ । गुणस्तरहीन सिमेन्ट प्रयोग भएको पाइएपछि सिल गरिएको आयोजना प्रमुख ऋषिकेश शर्माले बताए ।
प्रस्तुति: कान्तिपुर (कृष्ण थापा)