कात्तिक ९, काठमाडौं ।
कोषले ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी, १ सय ११ मेगावाटको रसुवागढी, १ सय २ मेगावाटको मध्य भोटेकोशी, १४ दशमलव ८ मेगावाटको माथिल्लो साञ्जेन र ४२ दशमलव ५ मेगावाट साञ्जेन जलविद्युत् आयोजनामा लगानी गर्न लागेको हो ।
लगानी गर्न लागेको रकममध्ये करीब ३ अर्ब रुपैयाँ ती जलविद्युत् आयोजनाहरूमा लगानी भइसकेको कोषको लगानी तथा ट्रेजरी व्यवस्थापन विभागका प्रमुख तथा नायव मुख्य अधिकृत कैलाशभक्त कारञ्जितले जानकारी दिए । उनका अनुसार कोष सञ्चालन समितिको बैठकले ती जलविद्युत् आयोजनामा लगानी गर्न स्वीकृति दिइसकेको छ । कोषले जलविद्युत् लगानी तथा विकास कम्पनीको प्रवद्र्धनात्मक शेयर र सहवित्तीय प्रणालीमार्फत एसएल हाइड्रोपावरमा पनि लगानी गरेको छ ।
@ Abhiyan