- नेपालमा जलविद्युत् लगानी नर्वेको स्ट्याटक्राफ्टले हेर्ने
- स्वामित्व हस्तान्तरण बाँकी
काठमाडौं, १० असोज-
परिवर्तित लगानी संरचनाअनुसार एसएन पावरमा स्ट्याटक्राफ्टमा ६० प्रतिशत र नरफन्डको ४० प्रतिशत लगानी रहनेछ । यसअघि स्ट्याटक्राफ्ट र नरफन्डको आधा–आधा सेयर लगानी थियो । अन्तर्राष्ट्रिय अगुवा कम्पनी बन्नका लागि सेयर संरचनामा परिवर्तन गरेको एसएनले आफनो वेबसाइटमार्फत जारी प्रेस विज्ञप्तिमा जानकारी गराएको छ । एसएन पावरको दक्षिण एसिया, दक्षिण अमेरिकामा स्ट्याटक्राफ्टले ६७ प्रतिशत र नरफन्डको ३३ प्रतिशत लगानी रहनेछ । एसएन पावरको बाँकी स्वामित्व बिक्री गर्न आगामी २०१७ सम्मको समय सीमा निर्धारण गरिएको छ । “यो सम्झौतापछि नरफन्ड अझै मजबुत हुन गई स्ट्याटक्राफ्ट समूहबाट लाभ लिन सक्नेछ,” स्ट्याक्राफ्टका प्रमुख कार्यकारी अधिकृत क्रिश्चिना ¥यानिङले भने । कम्पनीकोे खिम्ती जलविद्युत् आयोजना (६० मेगावाट) को प्रवद्र्धक हिमाल पावर लिमिटेडमा ५१ प्रतिशत लगानी छ । यो स्वामित्व अब स्ट्याटक्राफ्टमा हस्तान्तरण हुनेछ । यस्तै तामाकोसी तेस्रो (६ सय ५० मेगावाट) जलाशययुक्त विद्युत् आयोजनाको स्वामित्व पनि स्ट्याटक्राफ्टमा जानेछ । तामाकोसी आयोजना अघि बढाउने विषयमा लगानी बोर्ड र एसएन पावरबीच आयोजना विकास समझौता (पीडीए) का लागि वार्ता जारी छ ।
सन् २००२ मा स्थापनमा भएको एसएन पावरको ९ मुलुकमा ३९ जलविद्युत् आयोजना निर्माण गरिसकेको छ । कम्पनीले स्ट्याटक्राफ्टसितको संयुक्त लगानीमा एसिया, ल्याटिन अमेरिका र अफ्रिकामा विभिन्न आयोजनामा लगानी गरेको छ । एसएनले जलविद्यत् उत्पादन बढाएर ३ हजार मेगावाट पु¥याउँदैछ । कम्पनीको कुल पुँजी २ अर्ब ६० करोड डलर छ । अहिले कम्पनीको उपस्थिति १४ मुलुकमा पुगेको छ । हालसम्म १ हजार ३ सय १३ मेगावाट विद्युत् उत्पादन सो कम्पनीले गत वर्षमात्र १० करोड ७ लाख अमेरिकी डलर खुद नाफा गरेको छ ।
यस्तै स्ट्याटक्राफ्ट युरोपमा नवीकरणीय ऊर्जा उत्पादन गर्ने अग्रणी कम्पनी हो । कम्पनीले जलविद्युत् आयोजना विकासमा लगानी गर्दै आएको छ । यस्तै नरफन्डले १ सय ७ मुलुकमा १ अर्ब ३ करोड डलर लगानी गरेको छ ।
प्रस्तुति: कारोबर