काठमाडौं । भूकम्प र बाढीले सिन्धुपाल्चोकमा रहेको ४५ मेगावाटको माथिल्लो भोटेकोसी जलविद्युत् आयोजना बेहाल बनेको छ । आयोजनाको पुनर्निर्माण गरी सञ्चालनमा ल्याउन कम्तीमा दुई वर्ष लाग्ने देखिएको छ । माथिल्लो भोटेकोसी जलविद्युत केन्द्र प्रमुख अजयकुमार सिंहले सन् २०१९भित्र पुनर्निर्माण सक्ने गरी काम भइरहेको बताए ।
‘भूकम्पले क्षति पुर्याएका संरचनाको पुनर्निर्माण करिब ८० प्रतिशत सम्पन्न भइसकेको थियो,नदीमा आएको बाढीले झनै ठूलो क्षति पुग्यो’, प्रमुख सिंहले भने,‘अब पुनर्निर्माणका लागि ठेक्का सम्झौता केही दिनमै गर्छौ ।’ यस अघि सिन्धुपाल्चोकको जुरे पहिरोले प्रसारण लाइनमा क्षति पु¥याउँदा पनि आयोजनाको विद्युत् उत्पादन बन्द भएको थियो । ३५ प्रतिशत सेयर माग गर्दै स्थानीयले प्रसारण लाइन निर्माणमा ९७ दिन अवरोध गरेका थिए ।३५ प्रतिशत सेयर माग गर्दै आएका स्थानीय र आयोजना प्रवद्र्धक भोटेकोसी पावर कम्पनी बीच ६ प्रतिशत सेयर हिस्सा अर्थात करिब १२ लाख कित्ता दिने सहमति भएको थियो ।