नेपाल–तिब्बत व्यापार सहजीकरण बैठक सुरु

    1656

    नेपाल–तिब्बत व्यापार सहजीकरण समितिको बैठक काठमाडौंमा सुरु भएको छ । केरुङ नाकाको सहजीकरण र तातोपानी नाका खुलाउन आवश्यक तयारी गर्ने मूल एजेन्डासहित समितिको ८ औं बैठक सुरु भएको हो ।

     नेपाल–तिब्बत व्यापार सहजीकरण समितिको बैठक काठमाडौंमा सुरु भएको छ । केरुङ नाकाको सहजीकरण र तातोपानी नाका खुलाउन आवश्यक तयारी गर्ने मूल एजेन्डासहित समितिको ८ औं बैठक सुरु भएको हो । लामो समयदेखि बन्द रहेको तातोपानी नाका खुलाउन आवश्यक पर्ने पूर्वाधार निर्माणको कामलाई अगाडि बढाउने विषयमा छलफल भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर सैजुले जानकारी दिए । सहसचिवस्तरीय नेपाल–तिब्बत व्यापार सहजीकरणको बैठकमा व्यापारलाई कसरी सहजीकरण गर्ने विषयमा छलफल भएको उनले जानकारी दिए ।  बैठकमा आगामी कात्तिकभित्रै तातोपानी नाका खुलाई सक्ने गरी आवश्यक पूर्वाधार निर्माणको कामलाई अघि बढाउनेलगायतका विषयमा छलफल भएको सहसचिव सैंजुले जानकारी दिए । ०७२ सालमा गएको भूकम्पपछि सो नाका बन्द छ । शुक्रबारसम्म चल्ने बैठकमा नेपाल–चीनबीच हुने व्यापारलाई कसरी सहज बनाउने विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ । नेपालको सबैभन्दा बढी व्यापार भारतपछि चीनसँग गर्ने गरेको छ । चीनले नेपालबाट ८ सय ३१ वस्तु भन्सार छुटमा निर्यात गर्ने सुविधा दिएको छ । बैठकले केरुङ र तातोपानी नाकामा चीनको आर्थिक सहयोगमा निर्माण हुने पुल छिटो सम्पन्न गर्न आवश्यक कार्ययोजना तय गर्ने मन्त्रालयले जनाएको छ । नेपाल र चीनबीचको व्यापार सहजीकरणका लागि सन् २००९ मा यो समिति गठन गरिएको हो । यस वर्षको बैठकमा नेपालको उद्यम विकासका लागि चीनको लगानी भिœयाउने विषयमा पनि छलफल हुने छ ।

    स्रोत:कारोबार