अब विद्युत् प्राधिकरण बाटनै घर तथा कार्यालयको मिटर रिडिङ

    1287

    १९ मंसिर, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ग्राहकको घर तथा कार्यालयमा नै नगई प्रविधिको प्रयोग गरेर मिटर रिडिङ गर्न स्क्ने प्रविधि भित्रया एको छ ।

    प्राधिकरणले सो प्रविधिलाई एडभान्स मिटरिङ इन्फास्टक्चर एएमआई नाम दिएको छ । विद्युत्का ग्राहकको घरमा रहेको मिटरमा एक प्रकारको मोडियन जडान गरेपछि प्राधिकरणको कार्यालयबाटै कुन ग्राहकले कति विद्युत् प्रयोग गरे र त्यसवापत के कति रकम तिर्नुपर्छ भन्ने जानकारीसमेत उक्त प्रणालीबाट सहजै पत्ता लाग्नेछ ।

    प्राधिरकणले त्यस्तो प्रणाली पहिलो पटक रत्नपार्क वितरण केन्द्रमा शुरु गरेको वितरण केन्द्रका इञ्जिनीयर दृष्टि पाण्डेले जानकारी दिए । उनका अनुसार सो प्रणाली रत्नपार्क वितरण केन्द्र मातहत रहेका ३६२ ग्राहकको घर, कार्यालयमा जडान भएको छ ।

    इन्टेरनेट सञ्जालबाट सहजै रुपमा ग्राहकको जानकारी लिन, कति विद्युत् प्रयोग भयो थाहा पाउन, मिटर बन्द गर्न र खोल्नसमेत सो प्रविधिमा व्यवस्था रहेको छ ।

    पछिल्लो दिनमा स्मार्ट मिटरको अवधारणा अगाडि सारेको प्राधिकरणले सोही उद्देश्यलाई कार्यान्वयनमा ल्याउन थालेको हो ।

    सो वितरण केन्द्रका प्रमुख थीरकुमार खत्रीले प्रविधिको प्रयोग गर्दै ग्राहक तथा प्राधिकरणका कर्मचारीलाई पनि सहज रुपमा काम गर्ने वातावरण बनाउन उक्त प्रविधि लागू गरिएको बताए ।

    उनका अनुसार पहिलो पटक त्यस्तो प्रविधि जडानमा औद्योगिक ग्राहकलाई प्रमुख प्राथमिकतामा राखिएको छ । त्यसपछि घरेलु ग्राहकमा उक्त प्रविधि पुर्‍याइनेछ ।

    सो प्रविधिको प्रयोग पछि विद्युत् चुहावट नियन्त्रण गर्न र चोरी नियन्त्रण गर्न सहयोगी हुनेछ । यस्तै सो वितरण केन्द्रले विद्युत् महसुल तिर्न अटेर गर्दै आएका ग्राहकको लाइन काटेर रु ९२ लाख बक्यौता उठाएको छ ।

     

    स्रोत:अन्लाईनखबर