NepalEnergyForum

Loadshedding – 7 hour from today

नेपाल विद्युत प्राधिकरणले आजबाट लागू हुने गरी लोडसेडिङको समय बढाएको छ । यसअघि सातामा २७ घन्टासम्म हुदै आएको लोडसेडिङ आजबाट दैनिक ७ घण्टाका दरले सातामा ४६ घण्टासम्म लोडसेडिङ हुने नयाँ तालिका सार्वजनिक गरेको छ ।

कुशैया–कटैया १ सय ३२ केभी प्रशारण लाईनको कन्डक्टर बदली कार्य तथा नदीमा पानीको बहाब कम भएको कारण बताउँदै लोडसेडिङको समयावधी बढाउनु परेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको नयाँ तालिका अनुसार अब सातामा ४ दिन ७ घण्टा, २ दिन ६ घण्टा र एक दिन साढें ६ घण्टा विद्युत आपूर्ति कटौति हुनेछ । हेर्नुहोस् माथिको तालिकामा ।

Loadshedding Schedule

Loadshedding Schedule effective from 2070-05-30