कुलेखानी-३ को निर्माण अवधि थप्न माग
उक्त अवधिमा सिभिलतर्फ ८५ प्रतिशत, इेलेक्टोमेकानिलक र हाइड्रो मेकानिकलतर्फको काम ४० प्रतिशत मात्र सकिएको छ। आयोजनाको सबै गरेर ७२ प्रतिशत मात्र काम सम्पन्न भएको छ। ‘२८ प्रतिशत कामलाई २ वर्ष म्याद थप्न
सकिँदैन,’ आयोजना एक वरिष्ठ अधिकृतले भने, ‘पछिल्लो समयमा आयोजना वा प्राधिकरणका कारण निर्माण कार्यमा ढिलाइ भएको
होइन, निर्माण कम्पनीको लापरबाहीका कारण आयोजनाको निर्माण कार्य दोस्रो पटक तोकिएको समयमा नसकिएको हो।’ लागत नबढ्ने गरी ६ महिनासम्म म्याद थप गर्न आयोजना र प्राधिकरणका उपल्लो तहका कर्मचारी सहमत देखिन्छन्।
बढी अवधि थप गरेर निर्माण कम्पनीहरू लागत बढाउने सुरमा देखिन्छन्। प्राधिकरण अब लागत बढाउने पक्षमा छैन। इलेक्ट्रोमेकानिकल र हाइड्रो मेकानिकल तथा सिभिलको ठेक्का दुई चिनियाँ कम्पनीले लिएका छन। ती कम्पनीले विद्युत्गृहको निर्माण २०१४ जुन ५ मा सम्पन्न गरिसक्नुपर्ने थियो। पेनेस्टक पाइपजडानलगायत विद्युत्गृहको निर्माण सँगसँगै उपकरणहरू जडान गर्न बाँकी छ। प्राधिकरणले ती कम्पनीलाई ० दशमलव ५ प्रतिशत दैनिक हर्जाना (लिक्विडेट ड्यामेज) तिराउने गरी ८६ दिन मात्र म्याद थप गरेको थियो। उक्त समय पनि सकिइसकेको छ।
आयोजनाको सिभिल वर्कको निर्माण कार्यको ठेक्का लिएको सिनो हाइड्रो कम्पनीलाई २१ सेप्टेम्बर २०१४ सम्ममा काम सम्पन्न गरिसक्ने समयअवधि तोकिएको थियो। सिभिल वर्कको समयलाई अन्तिम समय मानेर इलेक्ट्रोमेकानिकल कम्पनीलाई ८६ दिन थप गरिएको थियो।
सिभिल वर्कको जिम्मा पाएको सिनो हाइड्रोले पनि तोकिएको समयमा काम सम्पन्न गर्न नसक्ने भन्दै समय थप गर्न आयोजनासँग माग गरेको छ।
Source : eKantipur