एमसीसीको कार्यकारी निर्देशकमा खड्गबहादुर बिष्ट

1831

पुष २४,२०७५

काठमाडौं । ६३ अर्ब रुपैयाँको फण्ड चलाउने जिम्मा स्वतन्त्र उर्जा उत्पादनक संघका पूर्वअध्यक्ष खड्गबहादुर बिष्टले पाएका छन् ।

अमेरिकी सरकारको मिलिनियम च्यालेञ्चेज कर्पोरेशन (एमसीसी) बाट प्राप्त हुने ५० करोड अमेरिकी डलर बराबरको उपयोग गर्नका लागि बनेको नेपाल सरकारको संस्था मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल (एमसीए) को बिष्ट नियुक्त भएका हुन् ।

एमसिएको सञ्चालक समितिको बैठकले जलविद्युत क्षेत्रमा २५ वर्षदेखि सक्रिय विष्टलाई कार्यकारी निर्देशकमा छनोट गरेको हो ।

विष्टले ६३ करोड अमेरिकी डलर बजेट रहेको विद्युत प्रसारणलाइन परियोजना र सडक सुधार परियोजनाको ब्यवस्थापन गर्नेछन् । जसमा एमसीजीले ५० करोड डलर लगानी गर्नेछ ।

एमसीए नेपालले काठमाडौंको लप्सीफेदी देखि नवलपरासीको सुनवलसम्म ३०५ किलोमिटर लामो ४०० केभी क्षमताको प्रसारणलाइन निर्माण गर्नेछ । यसलाई भारतको गोरखपुरसम्म पुर्याउने योजना छ ।

त्यसैगरी, ३०५ किलोमिटर रणनीतिक सडक मर्मत तथा सुधारमासमेत एमसीजीले सहयोग गर्नेछ ।

 

स्रोत:क्लिकमान्दु