इन्स्युरेन्स समिट अन हाइड्रोपावर २०१८

    1236

    हिमालयन जेनेरल इन्स्युरेन्स कं. लि. ले स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल र ःब्च्क्ज् को सहआयोजनामा हिमालयन जेनेरल इन्स्युरेन्स समिट अन हाइड्रोपावर २०१८ आयोजना ग¥यो ।

    कार्यक्रममा निजी ऊर्जा प्रवर्धकहरुको सहभागिता रहेको थियो । इप्पानका अध्यक्ष शैलेन्द्र गुरागाईंले जलविद्युत आयोजना जोखिमपूर्ण रहेको र अब राष्ट्र विकासको मेरुदण्डको रुपमा रहेको जलविद्युत आयोजनाको जोखिम न्यूनीकरणका लागि बीमा अति आवश्यक रहेको औल्याउनु भयो ।

    साथै हिमालयन जेनेरल इन्स्युरेन्सका प्रमुख कार्यकारी अधिकृत सुशील बज्राचर्यले यो गोष्ठीमा ऊर्जा प्रवर्धकका लागि अति आवश्यक बीमाका पक्षहरु समेटी प्रवर्धकहरुलाई एक परिपक्व बीमा पोलिसी खरीद गर्न टेवा पु¥याउने प्रकाश पार्नुभयो ।

    गोष्ठीमा नेपाली प्रवर्धकका तर्पmबाट इप्पानका कार्यकारी सदस्य श्री आशिष गर्गले जलविद्युत आयोजनाहरुलाई लक्षित गरी प्रयोगमा रहेको बीमा लेखको विस्तृत कार्यपत्र प्रस्तुती गर्नुभयो । ःब्च्क्ज् का तर्पmबाट श्री स्कट पिचीले अन्तराष्ट्रिय बीमा बजारको बारेमा प्रकाश पार्नुभयो ।