ठमेल क्षेत्रमा शनिवार विद्युत आपूर्ति बन्द हुने

    2256

    काठमाडौं । ११ केभी प्रसारण लाइनको मर्मतसम्भारका लागि ठमेल लगायतका क्षेत्रमा शनिवार विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणको रत्नपार्क वितरण केन्द्रका अनुसार, ११ केभी प्रसारण लाइन अन्तर्गत लैनचौर फिडरको ‘प्रिभेन्टिभ मेन्टिनेन्स’का लागि शनिवार विहान ८ बजेदेखि साँझ ५ बजेसम्म विद्युत आपूर्ति बन्द हुने छ ।

    त्यस फिडरबाट विद्युत आपूर्ति भइरहेका लैनजौर दुग्ध विकास संस्थान अगाडिको गणेश मन्दिर, ठमेल जाने चोक, पुरानो नेपाली चुलो,हिटी पोखरी, जय नेपाल हल, हात्तिसार क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने छ । यसैगरी, नक्साल नारायण चौर, प्रहरी हेड क्वार्टर, भूँडे गणेश, टंगाल स्कुल, नक्साल भगवती मन्दिर, मल्ल होटल अगाडि हुँदै अमृत साइन्स क्याम्पस आसपासका स्थानमा विद्युत आपूर्ति हुने रत्नपार्क वितरण केन्द्रले जनाएको छ ।