NepalEnergyForum

अपर तामाकोशीको IPO आज दिउँसो ३ बजे

काठमाडौं  अपर तामाकोशी हाइड्रोपार कम्पनीले निश्कासन गरको साधारण शेयर (आइपिओ) आज बाँडफाँड हुँदैछ ।

कात्र्तिक १५ गतेदेखि कार्तिक १९ गतेसम्म  निश्कास गरिएको साधारण शेयर आज दिउँसो क्रिष्टल पार्टि भेन्यु, नयाँ बानेश्वर, काठमाडौंमा हुने बिक्री प्रबन्धक सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजय लाल  श्रेष्ठले अर्थ संसारलाई जानकारी दिएका छन् । विक्री प्रबन्धको अनुसार करिब ६ हजार जनाले दोर्याएर आवेदन दिएका छन् ।

प्रतिकित्ता १०० रुपैयाँ दरमा १ करोड ५८ लाख ८५ हजार कित्ता आइपीओ खुला गरेको थियो । सर्वसाधारणका लागि १ करोड ५० लाख ९० हजार ७५० कित्ता आइपीओ बिक्री खुला गरिएको थियो । यसमा ६ अर्ब ७० करोड ५८ लाख २८ रुपैयाँ बराबरको आवेदन परेको छ । ३ लाख ४६ हजार १६६ जना आवेदकले ६ करोड ७० लाख ५८ हजार २८० कित्ताका लागि शेयर भरेका छन् ।

तामाकोशीको शेयर न्यूनतम पनि ४० कित्ता सबैले पाउने प्रारम्भिक अनुमान छ । कर्मचारी र स्थानीयबासीका लागि तामाकोशीले यसअघि नै सेयर निष्कासन गरी बाँडफाँट समेत गरिसकेको छ ।

यसरी सेयर पाइसकेका मध्ये केहीले पुनः दोहोर्याएर भरेपछि छानबिन गर्दा बाँडफाँटमा ढिलाइ भएको हो ।

 

अर्थ संसार,