काठमाडौँ, असोज २७ – ऊर्जा मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकनविपरीत काम गरेकोमा चर्नावती खोला जलविद्युत् आयोजनालाई एकलाख रुपियाँ जरिवाना गर्ने भएको छ।
नेपाल हाइड्रो डेभलपर प्रालिले दोलखामा निर्माण गरिरहेको चर्नावती आयोजनाको क्षमता ३ दशमलव ५२ मेगावाट छ। २०६७ सालमा लाइसेन्स पाएको यस आयोजनाले वातावरणीय प्रभाव मूल्यांकनमा व्यवस्था भएअनुसार कामहरु नगरेको, कुलो बनाउनुपर्ने ठाउँमा सुरुङ खनेको हुँदा कारबाही गर्न बाध्य भएको मन्त्रालयका अधिकारीहरुले बताएका छन्।
गत चैतमा सम्पन्न हुनुपर्ने यो आयोजना स्थानीय केही व्यक्तिका कारण अप्ठेरोमा पुगेको समयमा ऊर्जा मन्त्रालयले कारबाही गरेको हो।
यस आयोजनाको प्रवर्द्धकमा जलविद्युत् उद्यमीहरु ज्ञानेन्द्रलाल प्रधान, पशुपति मुरारका, आनन्द पोखरेललगायत छन्।
प्रस्तुति: नागरिक / Hydrosolutions