NepalEnergyForum

आकर्षण जलविद्युतको शेयरमा

आकर्षण जलविद्युतको शेयरमा

यस्तै जलविद्युत् कम्पनीले पनि आयोजना प्रभावित स्थानीय बासिन्दा र सर्वसाधारणलाई शेयर निष्कासनका लागि बोर्डमा निवेदन दिने क्रम पछिल्लो दिनमा बढ्दै गएको छ।

पछिल्लो समयमा जलविद्युत् आयोजनाले १० प्रतिशत आयोजना प्रभावित स्थानीयवासीलाई अनिवार्यरुपमा साधारण शेयर दिनुपर्ने नीतिगत व्यवस्थापछि प्रवद्र्धकले धमाधम शेयर दिन लागेका हुन्।

शेयर निष्कासनका लागि बोर्डमा निवेदन दिनेमा आँखुखोला जलविद्युत् कम्पनी लिमिटेड रहेको छ । सो कम्पनीले आयोजना प्रभावित स्थानीयवासीलाई आठ करोड बराबरको आठ लाख कित्ता शेयर निष्कासनका लागि निवेदन दिएको छ।

गज्र्याङ उपत्यका हाइड्रोपावर लिमिटेडले पनि दुई करोड बराबरको दुई लाख कित्ता शेयर आयोजना प्रभावित स्थानीयवासीलाई शेयर दिने भएको छ। यस्तै राधी विद्युत् कम्पनी लिमिटेडले सात करोड ६४ लाख ५५ हजार बराबरको साधारण शेयर निष्कासन गर्न लागेको छ।

त्यस्तै बुटवल पावर कम्पनी लिमिटेडले ४० लाख ८१ हजार कित्ता एफपिओ निष्कासनका लागि बोर्डमा निवेदन दिएको छ। साधारण शेयर नै जारी नगरी एफपिओ जारी गर्न लागेको भन्दै सो कम्पनीको आलोचनासमेत हुने गरेको छ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान)का अध्यक्ष शैलेन्द्र गुरागार्इं जलविद्युत् आयोजना र यस क्षेत्रको लगानीप्रति नागरिकको चासो बढेका कारण पनि आकर्षण बढेको प्रतिक्रिया दिन्छन्।

पूँजी बढाउन बैंकको दौड

उता बैंक अफ काठमाण्डु लुम्बिनी लिमिटेडले पूँजी बढाउन संस्थापक एफपिओ निष्कासन गर्ने जनाएको छ। बैंकले ६१ लाख ५८ हजार कित्ता एफपिओ निष्कासन गर्न बोर्डमा निवेदन दिएको छ।

त्यस्तै एनएमबी बैंकले चुक्ता पूँजी बढाउन एक करोड १४ लाख १५ हजार १६३ कित्ता एफपिओ निष्कासनका लागि यसअघि नै आवेदन दिएको हो। चुक्तापूँजी रु आठ अर्ब बढाउन एफपिओ निष्कासन गर्न लागेको बैंकले जनाएको छ।

यसैगरी मेघा बैंक लिमिटेडले १० बराबर छ अनुपातमा दुई अर्ब ९७ करोड ८५ लाख तीन हजार ४६३ को हकप्रद शेयर जारी गर्न आवेदन दिएको छ।

यस्तै सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले तीन करोड बराबरको साधारण शेयर निष्कासनका लागि बोर्डमा निवेदन दिएको छ।

नेपाल ग्रामीण विकास बैंकले पनि पूँजी बढाउने दौडमा रहेको छ । सो बैंकले नौ लाख ७५ हजार कित्ता एफपिओ निष्कासन गर्न लागेको छ।

उता प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले छ लाख ५९ हजार ५६५ कित्ता एफपिओका लागि आवेदन दिएको छ । तर एफपिओको मूल्य भने निर्धारण हुन सकेको छैन। रासस