सान्जेनको शेयर निष्कासनसम्बन्धी सम्झौता

    1176

    काठमाडौं (अस) । सान्जेन जलविद्युत् कम्पनीको सर्वसाधारण र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि शेयर विक्री गर्न सह–निष्काशन तथा विक्री प्रबन्धक नियुक्ति गर्नेसम्बन्धी सहमति भएको छ ।

    बिहीवार नागरिक लगानी कोषमा आयोजित एक कार्यक्रमबीच कोषका कार्यकारी निर्देशक रमण नेपाल तथा सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

    सहमतिसँगै आयोजनाको दोस्रो चरणअन्तर्गत सर्वसाधारणका लागि छुट्ट्याइएको ५४ लाख ७५ हजार कित्ता र आयोजना प्रभावितका लागि छुट्ट्याइएको ३६ लाख ५० हजार कित्ता शेयरको निष्कासनसम्बन्धी कार्य सनराइज क्यापिटल र एनएमबी क्यापिटलले गर्ने भएका छन् ।

    स्रोत:अभियान