NepalEnergyForum

पुसदेखि थप ८ मेगावाट बिजुली राष्ट्रिय प्रशारणमा जोडिने

मंसिर २९, २०७४ इलाममा निर्माणाधीन ८ मेगावाट क्षमताको हिमाल दोलखा जलविद्युत आयोजनाले पुस दोस्रो सातादेखि विद्युत उत्पादन गर्ने भएको छ । निर्माणको काम अन्तिम चरणमा पुगेको उल्लेख गर्दै आयोजनाले विद्युत गृहमा उपकरण जडान गर्ने काम धमाधम भइरहेको जनाएको छ ।

आयोजनाका प्रबन्ध निर्देशक रूपमणि राजभण्डारीका अनुसार २ सय मिटरको पेनस्टक पाइप जडान भइसकेको छ । चार वर्षअघि निर्माण सुरु भएको आयोजनाको विद्युत गृहमा दुईवटा टर्बाइन राखिएको छ । एक अर्ब २० करोड रुपैयाँ लागतमा बनाइएको सो आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रशारण लाइनमा जोडिने जनाइएको छ ।

स्रोत:कान्तिपुर