७ करोड ६० लाख महशुल उठ्यो
नेपाल विद्युत् प्राधिकरणले लाइन काटेपछि २ हजार १३ ग्राहकले ७ करोड ६० लाख रुपैयाँ महशुल तिरेका छन् । लामो समयदेखि विद्युत बक्यौता नतिर्ने झण्डै ४ हजार ग्राहकको लाइन काटिएको प्राधिकरणले जनाएको छ । यसमध्ये आधाले महशुल बुझाएर लाइन जोडिसकेका छन् । २ हजार ग्राहकबाट अझै १४ करोड रुपैयाँ उठन बाँकी छ । ४ हजार ग्राहकबाट २० करोड ४८ लाख रुपैयाँ उठाउन बाँकी थियो । भदौ ३ गतेदेखि प्राधिकरणले महशुल नतिर्नेको लाइन काट्न सुरु गरेको हो । ऊर्जामन्त्री जनार्दन शर्माको निर्देशनमा लाइन काट्ने काम सुरु भएको हो ।
@ बाह्रखरी