लमजुङ १२ असार ।
पूर्वी लमजुङको ढोडेनी र फलेनी गाउँ विकास समितिमा निर्माणको तयारीमा रहेको ४९ दशमलव ६ मेगावाट क्षमताको सुपर दोर्दी ‘ख’ जलविद्युत आयोजनामा लगानी गर्न जिल्लास्थित सरकारी कार्यलयका कर्मचारीहरुलाई आयोजनाले आग्रह गरेको छ ।
सुपरदोर्दी इन्भेष्टमेन्ट कम्पनील लगानीमैत्री अन्तरक्रिया कार्यक्रमको आयोजना गरी जिल्लाका सबै सरकारी कार्यलयका कर्मचारीहरुलाई ल
अन्तरक्रिया कार्यक्रममा पिपुल्स हाइड्रोपावर कम्पनीका प्रबन्ध संचालक केशव रायमाझले हालसम्म आयोजनाको फिजिबिलीटी रिपोर्ट, प्रारम्भिक वातावरणिय परिक्षण, नेपाल विद्युत प्राधिकरण सँगको ग्रिड कनेक्सनमा सम्झौता, आयोजनाको पिपिए, डिपिआर, स्वलगानी रकम तथा आयोजनाको बारेमा सहभागीहरुलाई बिस्तृत जानकारी गराएका थिए ।
सोही अवसरमा प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारीले आयोजनाको बारेमा आफुहरुलाई चित्त बुझेकोले सबैलाई सक्दो लगानी गर्न आग्रह गर्दे जिल्लाको जलविद्युत क्षेत्रमा लगानी मैत्री वातावरण बनाई नमुना जिल्लाको रुपमा विकास गर्नका लागि सकेको लगानी गर्न आग्रह गरेका थिए ।
प्रस्तुति: कारोबार