लमजुङ २६ असार ।
आयोजनाले जिल्लामा लगानी संकलन गर्नको लागि सुपरदोर्दी इन्भेष्टमेन्ट कम्पनीको स्थापना गरी केही महिना अघिदेखि रकम संकलन गर्दे आइरहेको छ । कम्पनीले अहिलेसिम्म १० करोड रुपैयाँ संकलन गरिसकेको सुपर दोर्दी इन्भेष्टमेन्ट कम्पनीका अध्यक्ष इजनकुमार बरालले जानकारी दिए ।
बरालका अनुसार २०७१ सालको जेठदेखि निर्माणको काम शुरु गर्ने आयोजनामा जिल्लाबासीलाई १० प्रतिशत अर्थात २४ करोडसम्म लगानी गर्न सक्ने ब्यवस्था मिलाए पनि १० करोड मात्रै संकलन भएको छ । आयोजनाले जिल्लाबासीको हकमा १ लाखभन्दा माथि लगानी गर्न आग्रह गरेको छ । उहाँका अनुसार आयोजनामा जिल्लाका शिक्षक, कर्मचारी, सर्बसाधारण, भूपू सेना, उद्योगीब्यापारी लगायतले लगानी गरेको बताए । आयोजनाले जिल्ला तथा जिल्ला बाहिर समेत लगानीका लागि विभिन्न अन्तरक्रिया कार्यक्रमहरु समेत गर्दे आएको छ ।
आयोजनाले आयोजना स्थल ढोडेनी र फलेनीका नागरिकहरुलाई कम्तिमा ३५ हजारसम्म र अन्य क्षेत्रका नागरिकहरुलाई १ लाखदेखि माथी लगानी गर्न सकिने ब्यवस्था मिलाएको छ । लगानीका लागि स्थानियबासीन्दाले आयोजनाको अवधी ४ बर्षसम्ममा किस्ताबन्दी रुपमा लगानी गर्न पाउने ब्यवस्था मिलाइएको सुपरदोर्दी जलविद्युत आयोजनाका संचालक केशव बहादुर रायमाझीले जानकारी दिएका छन् ।
आयोजना निर्माण सम्पन्न भएको ३ बर्ष विद्युत उत्पादनको लक्ष्य लिएको आयोजनाको प्राविधिक काम शुरु भएको निर्माण कम्पनीले जनाएको छ ।
प्रस्तुति: कारोबर