NepalEnergyForum

माथिल्लो तामाकोशी आयोजनाको स्थानीयलाई दिने १० प्रतिशत शेयरमा विवाद

काठमाडौं– माथिल्लो तामाकोशीले स्थानीयवासीलाई दिइने भनिएको १० प्रतिशत शेयरमा विवाद देखिएको छ । आयोजनाले स्थानीयको पक्षमा निर्णय लिन नसकेको भन्दै आन्दोलनमा जान लागेको हो ।

जिल्ला समन्वय समितिले गत भदौ ६ गते स्थानीयले पाउने १० प्रतिशत सेयर वितरणका लागि आयोजनाको मुहान र संरचना रहेको साविकका लामावगर र गौरीशंकर गाउँ विकास समितिलाई वर्गिकरण गरेको थियो । जस अनुसार अतिप्रभावित (‘क’ वर्ग), प्रसारण लाईन र सडकको प्रवेश मार्गले छोएको ठाउँलाई (‘ख’ वर्ग )र अन्यलाई (‘ग’ वर्ग)मा राख्ने निर्णय भएको थियो ।

यस वर्गिकरणबाट आयोजना रहेको गाउँपालिकाकै अधिकांश वडावासीहरू ‘ग’ वर्गमा खुम्चिएको भन्दै आन्दोलनमा जान लागेका हुन् । यस निर्णयलाई पुनविचार गरी अर्को वर्गिकरण गर्न स्गानीयले माग गरेका छन् ।

-विकासन्युज