NepalEnergyForum

भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदा अरुण तेस्रो जलविद्युत् आयोजना शिलान्यास

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणकाक्रममा वैशाख २८ गते ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना शिलान्यास गरिने भएको छ ।

प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा शनिबार बसेको बोर्ड बैठकले भारतीय सरकारको लगानी रहेको आयोजना प्रवद्र्धक कम्पनी सतलजलाई ६ महिना वित्तीय स्रोत जुटाउने समय थप गरेको छ ।

प्रधानमन्त्री ओलीको गत चैतमा भएको भारत भ्रमणमा भारतीय प्रधानमन्त्रीसहित संयुक्त रूपमा उक्त आयोजना शिलान्यास गर्ने चर्चा चलेको थियो ।

तर उत्पादन अनुमतिपत्र नै कम्पनीलाई दिइनसकेको प्रश्न उठेपछि शिलान्यास भएन । शिलान्यास गर्ने तयारीका साथ लगानी बोर्डले आयोजनाबारे केही निर्णयसमेत गरेको छ ।

-काठमाण्डु टुडे