NepalEnergyForum

बिजुली चोर्ने बिरुद्धको कारबाही तिब्र, अंकुशे लगाई चोरी गर्ने १९ जनाबाट ९५ हजार जरिवाना असुल

लहान । अङकुसे लगाई विद्युत् चोरी गर्ने १९ जनालाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ।

विद्युत् प्राधिकरण कर्मचारी र प्रहरीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
चोरी गर्ने विद्युतीय सामग्रीसहित पक्राउ गरेका १९ जनाबाट ९५ हजार रुपैयाँ जरिवाना असुल गरिएको प्राधिकरणले जनाएको छ।
लहान नगरपालिकाको बस्तीपुर र गोविन्दपुर एवं धनगढीमाई नगरपालिकाको विष्णुपुरकटीबाट बिद्युत चोरी गर्नहरुलाई पक्रिएको प्राधिकरण लहान वितरण केन्द्रका प्रमुख माधवप्रसाद यादवले जानकारी दिए
पक्राउ परेकाबाट खेतमा सिँचाइ गर्ने पाँचथान पानी तान्ने मोटर, पङ्खा, मेसिन, फ्रिज टिभीलगायत सामग्रीसमेत बरामद गरिएको  उनले बताए। ४० प्रतिशत बढी बिजुली चुहावट हुने लहान इलाकामा पछिल्लो समय प्राधिकरणले अनुगमन तिब्र बनाएको छ।
Source: Bizmandu