NepalEnergyForum

पोखरावरिपरि नौ ठूला जलविद्युत् आयोजना

सबैभन्दा बढी विद्युत् उत्पादन भइरहेको प्रदेश
कुल ७ वटा प्रदेशमध्ये प्रदेश ४ जलविद्युत् उत्पादनमा सबैभन्दा अगाडि छ । प्रदेशस्तरमा तुलना गर्दा यो प्रदेशमा सबैभन्दा बढी ४ सय ७६ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । त्यस्तै, करिब ४ दर्जन जलविद्युत् आयोजना निर्माणाधीन छन् । ऊर्जा मन्त्रालय र जल तथा ऊर्जा आयोगको नदी बेसिन र जलाशययुक्त आयोजनासम्बन्धी प्रतिवेदनअनुसार प्रदेश ४ को जलविद्युत् क्षमता १० हजार २ सय २८ मेगावाट रहेको छ । त्यस्तै, प्रदेशको जलाशययुक्त क्षमता ८ हजार ८ सय ५८ मेगावाट रहेको छ । प्रदेश ४ मा ११ वटा जिल्ला छन् । जिल्ला र निर्माणाधीन ठूला जलविद्युत् आयोजना यस्ता छन् :

बुढीगण्डकी जलविद्युत् आयोजना
गोरखा र घादिङको सिमानामा बन्ने यो आयोजना प्रदेश ४ को सबैभन्दा ठूलो
क्षमता : १२ सय मेगावाट
लागत : २ खर्ब ७० अर्ब रुपैयाँ
निर्माण : करिब ८ वर्षमा निर्माण सम्पन्न गर्ने भनिए पनि नीतिगत अन्योल
हालको अवस्था : मुआब्जा वितरणमा गोरखातर्फ ५ करोड रुपैयाँ विनियोजन

बेगनास तालमा पम्प स्टोरेज आयोेजना
पोखरा–लेखनाथ महानगरपालिकामा रहेको बेगनास तालमा अध्ययन
क्षमता : १५० मेगावाट
लागत : १४ अर्ब रुपैयाँ
हालको अवस्था : जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले तालबाट विद्युत् निकाल्नका लागि अध्ययन, प्रारम्भिक अध्ययनअनुसार ३ सय मेगावाटसम्म विद्युत्

तनहुँ जलविद्युत्को मुआब्जा वितरण
तनहुँमा निर्माण हुन लागेको १४० मेगावाटको आयोजना
क्षमता : १४० मेगावाट
लागत : ५० अर्ब रुपैयाँ
निर्माण सुरु : सन् २०१८ मार्च
निर्माण सम्पन्न : सन् २०२३
हालको अवस्था : दोस्रो चरणको मुआब्जा वितरण सम्पन्न

सुपर दोर्दी–ख जलविद्युत् आयोजना
पूर्वीलमजुङस्थित दोर्दीखोला करिडोरमा स्वदेशी लगानीमा निर्माणाधीन
क्षमता : ५४ मेगावाट
लागत : ८ अर्ब २९ करोड रुपैयाँ
निर्माण सुरु : २०७२
निर्माण सम्पन्न : २०७७ असार
हालको अवस्था : पूर्वाधारतर्फ ८० प्रतिशत र मुख्य सुरुङमार्ग १५ प्रतिशत सम्पन्न

मध्यमोदी जलविद्युत् आयोजना
चौधरी ग्रुप र भारतको कोस्टर कम्पनीको संयुक्त लगानीमा पर्वतमा निर्माणाधीन
क्षमता : १५.१ मेगावाट
लागत : २ अर्ब ८० करोड रुपैयाँ
निर्माण सुरु : २०७१ मंसिर
निर्माण सम्पन्न : लक्ष्य तीन वर्ष, नसकिएको
हालको अवस्था : कुल २ हजार ६९३ मिटर लामो सुरुङमध्ये हालसम्म ५५% सम्पन्न

तल्लो मोदीखोला जलविद्युत् आयोजना
पर्वतको परादीमा स्वदेशी लगानीमा निर्माणाधीन
क्षमता : २० मेगावाट
लागत : ३ अर्ब ६० करोड रुपैयाँ
निर्माण सुरु : २०६९
निर्माण सम्पन्न : अन्तिम चरणमा
हालको अवस्था : आयोजनाको ९० प्रतिशत काम सम्पन्न भइसकेको

जलविद्युत्मा अब्बल बन्दै प्रदेश नम्बर ४
कालीगण्डकी प्रसारण करिडोर
म्याग्दी र मुस्ताङमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि कालीगण्डकी प्रसारण करिडोर आयोजनाको काम धमाधम भइरहेको छ । आयोजनाका लेखापाल गोविन्द शर्माका अनुसार अहिलेसम्म आयोजनाको २५ प्रतिशत काम सम्पन्न भएको छ । मुख्य संरचनाजस्तै कन्ट्रोल रुम निर्माणलगायतका काम बाँकी रहेको उनको भनाइ छ । पर्वतको कुश्मा नगरपालिका २ खुर्कोट र म्याग्दीको दानातर्फ जग्गा अधिग्रहणको काम सम्पन्न भइसकेको छ । यस क्षेत्रमा दुवैतर्फ टावर निर्माण कार्य भइरहेको छ । २२० केभी क्षमताको उक्त आयोजना पर्वतको खुर्कोटदेखि म्याग्दीको दाना खण्ड ३९ किलोमिटर लामो हुनेछ । विद्युत प्रसारण लाइनका साथै सब स्टेसन निर्माणका लागि २ अर्ब ६० करोडको लागतमा आयोजना सम्पन्न हुने आयोजना प्रमुख चन्दनकुमार घोषले जानकारी दिए ।

रघुगंगा जलविद्युत् आयोजना
म्याग्दीको रघुगंगा गाउँपालिका ३ मा रघुगंगा जलविद्युत् आयोजनाका काम केही दिनमै सुरु गर्दै छ । यो आयोजना आगामी ४५ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य छ । ४० मेगावाट क्षमताको यस आयोजनाकोे लागत ६ अर्ब रुपैयाँ रहेको छ ।

यो आयोजना निर्माणपछि अन्य धेरै फाइदाका साथै स्थानीयलाई रोजगारी प्राप्त हुने र गाउँपालिकालाई रोयल्टी प्राप्त हुने आयोजनाका प्रशासकीय अधिकृत काशीनाथ दाहालले जानकारी दिए ।

घलेम्दी जलविद्युत् आयोजना
म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा निर्माण भइरहेको यो आयोजना वैशाख २०७० देखि थालिएको हो । आयोजना चैत्र २०७४ भित्र सम्पन्न गर्ने लक्ष्य छ ।

५ मेगावाट यो आयोजना निर्माण भएपछि स्थानीय सेयर, रोजगारी, आयोजना सम्पन्न भएपछि रोयल्टी प्राप्त गर्नेछन् ।

कुल ९० करोड रुपैयाँ लागत रहेको यस आयोजनामा अहिलेसम्म ७० करोड रुपैयाँ खर्च भइसकेको छ । आयोजना निर्माणको लागि सरकारी क्षेत्रबाट प्रशासनिक सहजीकरणको कमी रहेको आयोजना कार्यालयले जानकारी दिएको छ ।

नया पत्रिका