NepalEnergyForum

पञ्चेश्वर परियोजनाका विचारणीय पक्ष – सूर्यनाथ उपाध्याय

सन् १९९६ मा महाकाली सन्धि सम्पन्न भयो। देशभित्र ज्यादै विवादास्पद रहेको यो सन्धि अन्तत: संसदको दुई तिहाइ बहुमतबाट पास भयो। महाकाली नदीसित सम्बन्धित वनवासा व्यारेज र टनकपुर व्यारेज निर्माणबाट उठेका विभिन्न विवादहरू साम्य भए।

भारत र नेपालले (पारस्परिक लाभको आधारमा) पञ्चेश्वर परियोजना निर्माण गर्ने दिशातर्फ अगाडि कदम चालेका थिए। तर भारतले महाकाली सन्धिले स्थापित गरेको सिद्धान्तको विपरीत बढी पानीको माग र लाभको समुचित बाँडफाँडमा आधारहीन तर्कहरू पेस गरिनै रहेकोले पञ्चेश्वर परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार हुनसकेन।

आफूले महाकालीको पानी प्रयोग गरिनै रहेकोले पञ्चेश्वर परियोजनामा आफ्नो भनाइअनुसार भएन भनी डीपीआर निर्माणमा उदासीन रह्यो। फलस्वरूप सन्धि भएको ६ महिनाभित्र बनाइने भनिएको पञ्चेश्वर परियोजनाको डीपीआर बन्दै बनेन। बीस वर्ष यत्तिकै खेर गयो।

डीपीआर बनाउने कुरामा नेपालले भारतको आधारहीन माग मान्न सकेन र महाकालीको पानी कसरी र कति बाँडफाँड गर्ने र पञ्चेश्वरमा लाभको आधारमा लगानी गर्दा दुबै देशले कति बेहोर्ने भन्ने कुरामा विवाद रह्यो। यसैबीच पञ्चेश्वर प्राधिकरण निर्माण भयो र अन्ततोगत्वा जोसित कुरा मिलेको छैन, उसैलाई अर्थात् भारतको वापकोस भन्ने परामर्शदातालाई फेरि डीपीआरको समन्वित रूप तयार गर्न दिइयो।

कुनै स्वतन्त्र पक्षबाट त्यसको तयारी गर्न दिएको भए महाकाली सन्धिका प्रावधानहरूको उचित व्याख्यासहित निष्पक्ष रूपमा त्यसमा विचार आउँथ्यो र दुबै पक्षलाई त्यसले सहमतिमा ल्याउन केही बाटो निर्देशित गथ्र्यो होला। तर त्यस्तो गरिएन। दूधको रक्षा गर्ने काम बिरालोलाई दिइयो।

भारतीय परामर्शदाताले अहिले डीपीआर तयार गरेर नेपाली पक्षलाई उसको प्रतिक्रियाको लागि पठाएको वर्तमान परिप्रेक्ष्यमा पञ्चेश्वर परियोजनासित सम्बन्धित मूल विवाद एकपटक फेरि सतहमा देखापरेको छ।

यस विवादका निम्न मूलपक्षहरू विचारणीय छन्।

समग्रमा भन्नुपर्दा भारतको वापकोसले तयार गरेको डीपीआरबाट अहिलेसम्म नेपालले राख्दै आएको माग र महाकाली सन्धिको व्याख्यालाई अस्वीकार गरेर आफूलाई मात्र हुँदो गर्ने काम गरेको छ। यो सर्वथा नाजायज र सन्धिको अक्षर तथा भावना विपरीत छ। सम्माननीय प्रधानमन्त्री भारत जाँदै हुनुहुन्छ। पञ्चेश्वरको कुरा गर्छु भन्नुहुन्छ। तर के यो उहाँले बुझ्नुभएको छ?

के उहाँ नेपालका ती कर्मचारीहरू जसले पञ्चेश्वरको अध्ययनमा नै आफ्नो अधिकतम समय लगाएका छन्, उनीहरूको कुरा सुन्न तयार हुनुहुन्छ? यदि हैन र वापकोसकै कुरा मान्ने हो भने नेपालले भारतबाट फेरि एकपटक जलस्रोतमा ठगिने काम हुन्छ। सबैलाई चेतना भया।

विचार/विश्‍लेषण : सूर्यनाथ उपाध्याय

स्रोत : कान्तिपुर