– लागत रू. डेढ अर्ब
– २०७१ चैतभित्र राष्ट्रिय प्रणालीमा जोड्ने लक्ष्य
साउन २०, धनगढी ।
आयोजनास्थल निर्माणाधीन ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनास्थलबाट करीब ४ किलोमिटर पश्चिममा रहेको छ । आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको चमेलिया–अत्तरिया १३२ केभी ट्रान्समिशन लाइनमा जोडेर राष्ट्रिय प्रणालीमा आपूर्ति गरिने न्यौपानेले जानकारी दिए । २ वर्षभित्रै आयोजनाको निर्माण पूरा गरी उत्पादित विद्युत् २०७१ चैतभित्र राष्ट्रिय प्रणालीमा जोड्ने लक्ष्यका साथ काम भइरहेको बताइएको छ ।
आयोजनामा लगानी गर्ने शेयरधनीहरूलाई आर्थिक वर्ष २०७२/७३ देखि लाभांश दिइने बताइएको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई न्यूनतम १० प्रतिशत शेयर दिनुपर्ने कानूनी व्यवस्थाअनुसार लगानीका लागि खुल्ला आह्वान गरिएको पनि न्यौपानेले बताए । कम्पनीको शेयर २ वर्षभित्र नेपाल धितोपत्र बोर्डमा सूचीकरण गरी सर्वसाधारणका लागि शेयर निष्कासन गरिने पनि आयोजनाले जानकारी दिएको छ । कम्पनीमा अहिले ४९ जना शेयरधनी छन् । कार्यकारी निर्देशक न्यौपानेले आयोजनाको निर्माणपछि सुदूरपश्चिम क्षेत्रमा विद्युत् आपूर्ति बढ्न गई औद्योगिक विकासलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले भने, ‘यसबाट रोजगारी र आयआर्जनका अवसरहरू पनि निश्चित रूपमा बढ्नेछन् ।’
Source : Abhiyan