NepalEnergyForum

तीन हाइड्रो पावर कम्पनीका २५ करोड बढीको IPO आउँदै

 काठमाडौं–  कुल रु २५ करोड ३६ बराबरकोे  साधारण सेयर निष्कासनको अनुमति माग्दै तीन जलविद्युत् आयोजना धितोपत्र बोर्डमा पुगेका छन् ।

निर्माणधिन र सम्पन्न भएका ३ जलविद्युत कम्पनीले सर्वसाधारणलाई आइपिओ जारी गर्ने तयारी गरेका हुन् ।

ती कम्पनीले रु २५ करोड ३६ लाख २८ हजार ६ सय बराबरको २५ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेका छन् ।

आईपीओ निष्कासनका लागि बोर्डमा निवेदन दिनेमा मैलुङखोला जलविद्युत कम्पनी लिमिटेड, घलेम्दी हाइड्रो लिमिटेड र माउन्टेन हाइड्रो नेपाल लिमिटेड रहेका छन् ।

बोर्डकाअनुसार मैलुङखोला जलविद्युतले रु ७ करोड ३६ लाख, घलेम्दी हाइड्रोले रु  ५ करोड ५० लाख र आईपीओ निष्कासनका लागि बोर्डमा आवेदन दिएका हुन् ।
मैलुङ जलविद्युतले ५ मेगावाटको मैलुङखोला आयोजना सम्पन्न गरी सञ्चालन गरिरहेको छ ।

यस्तै, घलेम्दी हाइड्रोले ४ मेगावाटको घलेमदी आयोजना र माउन्टेनले २१.६ मेगावाटको तल्लो हेवाखोला आयोजना निर्माण गरिरहेको छ । यी ३ वटै आयोजना निजी लगानी र स्वदेशी पुँजीबाट निर्माण भएका हुन् ।

मैलुङले सर्वसाधारण, घलमदी र माउन्टेनले स्थानियबासिन्दाका लागि आईपीओ निष्कासन गर्न लागेका हुन् ।

जलविद्युत आयोजनाका प्रवद्र्धकले स्थानियबासिन्दालाई न्युनतम १० प्रतिशत सेयर निष्कासन गर्नुपर्ने भएपछि सबै कम्पनीले धमाधम सेयर निष्कासन गर्न लागेका हुन् ।

बोर्डमा विभिन्न २० कम्पनीले रु ३ अर्ब ५९ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएका छन् । ती मध्ये १६ कम्पनी जलविद्युतसंग सम्बन्धित छन् ।

 

स्रोत : अर्थ संसार