NepalEnergyForum

तीन ठूला जलविद्युत् आयोजनाको डलर पिपिए हुँदै कस्ता छन् ती आयोजना

काठमाडौँ– लामो समयदेखि रोकिएर रहेका तीन महत्वपूर्ण जलविद्युत् आयोजनाको अमेरिकी डलरमा विद्युत खरिद सम्झौता (पीपीए) को प्रक्रिया अगाडि बढेको छ । नेपाल विद्यत् प्राधिकरणले ती जलविद्युत् आयोजनासँग विद्युत् खरिद सम्झौता गर्न लागेको हो ।

यही  बैशाख १३ गते प्राधिकरणको सञ्चालक समितिको बैठकले डलर पीपीए सम्बन्धी कार्यविधि स्वकिृत गरेको छ । स्वीकृत कार्यविधिअनुसार २ सय १६ मेगावाटको माथिल्लो त्रिशूली एक।  १ सय ६३ मेगावाटको कालीगण्डकी कोबान र १ सय २० मेगावाटको रसुवा भोटेकोसीको डलर पीपीए सम्बन्धी प्रक्रिया अघि प्राधिकरणले जनाएको छ ।

 ‘तत्कालका लागि ३ वटा आयोजनाको काम अघि बढेको छ र अब अन्य पनि आउने चरणमा रहेको प्राधिकरणले जनाएको छ । माथिल्लो त्रिशुली १ ले प्रसारण सम्झौता गरेको दुई वर्ष बितिसकेको छ । तर कार्यविधि नुहँदा डलर पीपीएको काम अघि बढ्न सकेको थिएन ।

पीपीए हुनुअघि प्राविधिक मूल्यांकन र प्रसारण लाइन सम्झौता गर्नुपर्छ । प्रसारण लाइन सम्झौता हुँदा आयोजनाको विद्युत क्षमता र वाषिर्क विद्युत उत्पादनको अवस्थावारे जानकारी हुन्छ ।

माथिल्लो त्रिशुली आयोजनाको ग्रिड सम्झौता र प्राविधिक मूल्यांकन दुवै सकिएको छ । अहिले पीपीएको लागि मस्यौदा समितिमा यसका बारेमा छलफल भइरहेको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारी बताउँछन् ।

पारित भएको कार्य्विधिले एक सय मेगावाटभन्दा माथिका आयोजनामा मात्र डलर पीपीए गर्ने व्यवस्था गरिएको छ । यसअघि कार्यविधी नहुँदा डलर पीपीए पास गर्नै गाह्रो हुन्थ्यो भने भए पनि विवादित हुन्थ्यो । जसका कारण प्राधिकरणले लामो समयदेखि डलर पीपीएको काम अघि बढाउन सकेको थिएन ।

नयाँ कार्यविधिअनुसार नेपाल राष्ट्र बैंकले उक्त दिन तोकेको डलरको मूल्यमा सम्झौता हुने प्रवक्ता अधिकारी बताउँछन् । साथै यस्तो पीपीए दर भने सरकारले तोकेबमोजिम हुने र कुनै जोखिम भए त्यसको निरुपणका लागि छुट्टै कोषको व्यवस्था गरिने भएको छ । सरकारले यसरी पीपीएका कारण विद्युत प्राधिकरणको आर्थिक अवस्थामा असर नपुगोस् भनेर हेजिङ फन्ड समेत निर्माण गर्न लागेको छ ।

केन्द्रीइ  बैंकले नै नियमन गर्ने गरी हेजिङ फन्डको स्थापना गर्ने कुरा भएको छ,’ प्राधिकरणका प्रवक्ता अधिकारीले भने डलरमा पीपीए भएका आयोजनाहरु सञ्चालनमा आउन लागेपछि हेजिङ फन्ड स्थापना हुन्छ । ‘

अमेरिकी डलरमा पीपीए गर्दा जलाशय, अर्धजलाशय र नदी प्रवाही आयोजनाका लागि सरकारले तोकेको दरमै गरिने प्रवक्ता अधिकारीले बताउँछन् ।

यस्तो छ विद्युत् महसुल

प्राधिकरणले जलाशययुक्त आयोजनाको वर्षमा  प्रतियुनिट ६ रुपैयाँ ३५ पैसा देखि ७ रुपैयाँ १० पैसा र हिउँदमा प्रतियुनिट १२ रुपैयाँ ४० पैसा पीपीए दर तोकेको छ । त्यस्तै पिकिङ रन अफ दि रिभरमा भने बर्षातमा प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र हिउँदमा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा देखि १० रुपैयाँ ५५ पैसा तोकेको छ ।

@ अर्थ संसार