NepalEnergyForum

ढल्केबर सवस्टेशनमा ३१५ एमभीएको ट्रान्सफरमरको ठेक्का भारतको टीबीईएले पायो, मूल्य २५ करोड

काठमाडौं । ढल्केबर सवस्टेशनमा ३१५ एमभीए क्षमताको २ वटा विद्युतीय ट्रान्सफरम आपूर्ति र जडानको ठेक्का एक भारतीय कम्पनीले पाएको छ ।

टीबीइए इनर्जी इण्डिया प्राइभेट लिमिटेडले साढे २५ करोड रुपैयाँमा २ वटा ठुला ट्रान्सफरमर आपूर्ति र जडानको जिम्मा पाएको हो । ग्लोबल टेण्डर गर्दा कम दर प्रस्ताव गरेपछि उसले ठेक्का पाएको हो । जसअनुसार प्राधिकरणले टीबीईएलाई २१ लाख ५८ हजार डलरमा र २ करोड २६ लाख ३९ हजार नेपाल रुपैयाँमा भुत्तानी दिने छ ।

नेपाल विद्युत प्राधिकरणले ठेक्का सम्झौताका लागि टीबीइएलाई बोलाएको छ । भारतबाट बिजुली आदनप्रदान गर्नका लागि मज्जफपुर–ढल्केबर ४०० केभी क्षमताको प्रसारणलाइन भएपनि हाल १३२÷२२० केभीमा सञ्चालनमा ल्याउन लागिएको छ ।

यस्तै आउदो २ वर्षमा सवस्टेशनको क्षमता बढाएर ४०० केभी पुर्याउने प्राधिकरणले जनाएको छ । हाल सवस्टेशन निर्माणको काम जारी छ ।

-विकासन्युज