NepalEnergyForum

डेडिकेटेड फिडरमा भएको नीतिगत व्यवस्था

प्राधिकरणको विद्युत प्रणालीमा निरन्तर विद्युत आपूर्ति ९ग्लष्लतभचचगउतभम क्गउउथि० हुने डेडिकेटेड फिडर ९म्भमष्अबतभम ँभभमभच० र ट्रंक लाईन ९त्चगलप ीष्लभ० एक सवस्टेशनबाट अर्को सवस्टेशन जोड्ने लाइन) बाट विद्युत आपूर्ति लिने औद्योगिक, व्यापारिक र गैह्र व्यापारिक वर्गका ग्राहकहरु रहेका छन् । डेडिकेटेड फिडर र ट्रंक लाइनबाट सप्लाई लिईरहेका ग्राहकहरुको २०७५ असार मसान्तसम्मको संख्या क्रमश ः २३१ र ६७ गरी जम्मा २९८ रहेको छ ।

डेडिकेटेड फिडरमा भएको नीतिगत व्यवस्थाः

डेडिकेटेड फिडर तथा ट्रंक लाईनबाट विद्युत् आपूर्तिको अवस्था ः
डेडिकेटेड फिडर र ट्रंक लाईनबाट क्रमश ः २३१ र ६७ गरी जम्मा २९८ ग्राहकले विद्युत आपूर्ति लिइरहेका छन् । त्यसमध्ये १८४ ग्राहकलाई प्रिमियमसहितको विद्युत महशुल दर लागू गरिएको छ । डेडिकेटेड एवं ट्रंक लाइनबाट विद्युत सेवा प्रयोग गरिरहेका सरकारी अस्पताल, सामुदायिक खानेपानी र सिंचाइ वर्गका ग्राहकको संख्या ५० छ । बाँकीको हकमा विलिङ भइरहेको छ ।
प्रिमियमसहितको महशुल विलिङ्ग भएका ग्राहकहरु पुनरावेदनका लागि उच्च र सर्वोच्च अदालतमा गएका छन् । उनीहरुको मुद्धा अदालतहरुमा बिचाराधीन छ । केही औद्योगिक तथा व्यापारिक ग्राहकरुले प्रिमियम शुल्क नलगाउन प्राधिकरणमा लिखित तथा मौखिक गुनासो दर्ता गरेका छन् ।
डेडिकेटेड र ट्रंक लाईनबाट विद्युत सेवा लिने औद्योगिक, व्यापारिक तथा गैह्र व्यापारिक वर्गका सबै ग्राहकहरुले विद्युत महशुल निर्धारण आयोगले स्वीकृत गरेको प्रिमियमसहितको महशुल दर विद्युत महशुल संकलन विनियमावली २०७३ मा उल्लेख भए बमोजिम प्राधिकरणबाट विलिङ हुँदा ग्राहकहरुले विनियमावलीको व्यवस्था अनुसार महशुल तिर्न नपर्ने भनी दावी गरेका छन् । यस सम्बन्धमा प्राधिकरण संचालक समितिमा छलफल भइरहेको छ ।
अव उप्रान्त लोडसेडिङ्ग अन्त्य भएकोले डेडिकेटेड एवं ट्रंक लाईनबाट विद्युत सेवा लिने औद्योगिक, व्यापारिक तथा गैह्र व्यापारिक वर्गका ग्राहकहरुको लागि नयाँ उपयुक्त महशुल दर तय गरी सम्बन्धित निकायको स्विकृतिमा लागू गरिने छ ।