वैशाख १०, काठमाडौं ।
साथै सुशासन, गरीबी निवारण, लैङ्गिक तथा सामाजिक समावेशीकरण, स्वस्थ्य र जलवायु परिवर्तनजस्ता विषयलाई समावेश गरी साझा धारणा बनाइनेछ । देशमा नवीकरणीय ऊर्जा प्रविधिको प्रवद्र्धन तथा विकासका लागि केन्द्रले विभिन्न विकास साझेदारहरूको सहयोगमा जैविक ऊर्जा प्रविधिको प्रवद्र्धन गर्दै आएको छ । केन्द्रले विभिन्न सरकारी, निजी तथा गैरसरकारी साझेदारहरूको सहभागितामा हालसम्म देशभर ६ लाख ६० हजारभन्दा बढी घर परिवारमा सुधारिएको चुलो र लगभग ३ लाख घरपरिवारमा बायोग्यासको प्रवद्र्धन गरिसकेको छ । सन् २०१२ को जुलाई १६ देखि केन्द्रले नेपाल सरकार तथा विभिन्न विकास साझेदारहरूको हयोगमा राष्ट्रिय ग्रामीण तथा नवीकरणीय ऊर्जा कार्यक्रम शुरू गरेको छ । यस कार्यक्रमको जैवीक ऊर्जा सहएकाइअन्तर्गत २०१७ सम्ममा थप ४ लाख ७५ हजार उच्च गुणस्तरका सुधारिएको चुल्हो प्रवद्र्धन गर्ने तथा चुल्होको परीक्षणलाई संस्थागत गर्ने लक्ष्य राखेको छ । देशमा ४० लाखभन्दा बढी घरपरिवार अभैm पनि खाना पकाउन दाउरा, गुइँठालगायतका जैविक ऊर्जामा नै निर्भर । हालैमात्र नेपाल सरकारले ‘सन् २०१७ सम्ममा देशका सम्पूर्ण घरपरिवारहरूमा स्वच्छ ऊर्जाका प्रविधि पुर्याई घरभित्रको धूँवामुक्त नेपाल बनाउने’ योजना घोषणा गरेको छ । यो घोषणाले समेत नयाँ रणनीतिको सान्दर्भिकता अझ बढाएको छ ।
प्रस्तुति: अभियान