जलविद्युत् आयोजनाको काम तीव्र

    1301

    भोजपुर-भोजपुरमा निर्माणाधीन ५ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको काम तीव्र गतिमा भइरहेको छ । स्टन हाइड्रोपावर कम्पनीको लगानीमा निर्माणाधीन ५ मेगावाट क्षमताको यो आयोजनाको कामले एक वर्षयता गति लिएको हो ।
    भोजपुर नगरपालिका–६ गुम्बामा निर्माण भइरहेको पिखुवा खोला जलविद्युत् आयोजनाको काम ८५ प्रतिशत सम्पन्न भएको छ । नेपाल सरकारबाट २.५ मेगवाटको अनुमति लिएर २०६६ सालबाट स्टन हाइड्रो पावर कम्पनीले पिखुवा खोला जलविद्युत् आयोजनाको काम अगाडि बढाएको भए पनि काम हुन नसक्दा स्थानीय आयोजना सफल हुनेमा विश्वस्त थिएनन् । तर अहिले आयोजनाको काम तीव्र रूपमा भएको देख्दा निर्माणाधीन योजना चाँडै सम्पन्न हुनेमा सबै विश्वस्त रहेको स्थानीय जोति पौडेलले बताए । उनले भने, “अब आयोजना चाँडै सकेर भोजपुरवासीले सुविधा उपभोग गर्न पाउने भयौं यसमा हामी खुसी छौ्र ।” काम थालेको केही समयमा पुनः यसको क्षमता थप गर्नका लागि भन्दै निर्माणकार्य अगाडि बढाउन नसकेको कम्पनीले पछिल्लो एक वर्षदेखि ५ मेगावाटको स्वीकृति प्राप्त गरी निर्माणकार्यलाई तीव्रता दिएको हो । कम्पनी र नेपाल सरकारबीच २०७६ मसान्तसम्मको पीपीए सझौता भए पनि २०७५ मसान्तसम्ममा सुचारु गर्ने गरी काम भइरहेको आयोजना प्रमुख इन्जिनियर रोषण शाहले बताए ।
    आव ०७५/७६ को साउन दोस्रो सातासम्म आयोजना क्षेत्रको ९० प्रतिशत र मेकानिकल ६० प्रतिशत काम सकिए पनि समग्रमा ८५ प्रतिशतभन्दा बढी निर्माण कार्यसम्पन्न भएको आयोजनाका कर्मचारीले बताए । आयोजनाको विद्युुुुत्गृहदेखि मुुुुहानसम्मको ४ किलोमिटर एड्रेस पाइप बिछ्याउने, टर्बाइन राख्ने, फोरवे निर्माण, मुुुुहानको बाँधबाँध्ने काम ९० प्रतिशत बढी सकिएको छ । वर्षात् सुुुुरु भइसक्दा मुुुुहानको बाँधबाँध्ने काम अन्तिम चरणमा पुुुुराइएको आयोजनाका प्रमुुुुख एवं इन्जिनियर रोशन साहले बताए । उनले भने, “अहिले आयोजनाको अन्डर स्लुुुुइसको काम सकेर पिखुुुुवा खोलामा पर्खाल हाल्ने काम लगभग सकिने क्रममा छ ।” यसबाहेक फेब्रिकेसन, मुुुुहान बाँधको वाल उठाउने काम भइरहेको छ । हालसम्म कुल ८५ प्रतिशतको हाराहारीमा काम सम्पन्न भइसकेको र सरोकारवालाको समेत राम्रो सहयोग रहेकाले पीपीए समय अवधिभन्दा पहिले नै काम सम्पन्न गर्न सकिनेमा ढुक्क रहेको आयोजनाका व्यवस्थापक दिपेन राईको भनाइ छ । ११४ करोडको लगानीमा निर्माण भइरहेको आयोजनास्थलमा आयोजनामा नेपाली र भारतीय फिल्ड इन्जिनियर, सुुुुपरभाइजर, प्राविधिक, हेल्पर गरी तीन सयभन्दा बढी कामदार छन् । निजी लगानीमा भोजपुर जिल्लाको लागि यो नै सबैभन्दा ठूलो आयोजना हो ।

    -अर्जुन बस्नेत

    -कारोबार