NepalEnergyForum

केन्द्रीय प्रसारण लाइनले छोरम्बू झिलीमिली

खोटाङ– खोटाङको दिप्रुङ गाउँपालिका–३ छोरम्बुमा केन्द्रीय प्रसारण लाइन अन्तर्गतको विद्युत् विस्तार गरिएको छ ।

साबिकको छोरम्बु–६, ७, ८ र ९ मा दिक्तेल–गाइघाट ३३ केभी प्रसारण लाइन अन्तर्गतको विद्युत् विस्तार गरिएको हो । शनिबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख दीप बस्न्यातले विद्युत् उद्घाटन गरेका हुन् ।

विद्युत् विस्तार भएपछि छोरम्बुका तीन सय एक घरमा बिजुली बलेको छ । लामो प्रतिक्षापछि केन्द्रीय प्रसारण लाइन अन्तर्गतको विद्युत्ले गाउँ झिलीमिली बनेपछि स्थानीय हर्षित बनेका छन् । विद्युत् विस्तारपछि गाउँमा उद्योग, विद्युतीय व्यवसाय सञ्चालन गर्ने बाटो खुलेको छ ।

स्रोत:नागरिक