कुदु जाजरकोट सब-स्टेसन बन्यो

    2087

    जाजरकाेट । कोहलपुरबाट करिब १३० किमीमा रहेकाे कुदु जाजरकोट सब-स्टेसन निर्माण सम्पन्न भएकाे छ । साे  सब-स्टेसन अाइतबार चार्ज भएको छ ।

    करिब २ वर्षकाे अविधमा कुदु जाजरकोट सब-स्टेसन निर्माण सम्पन्न भएकाे हाे । केन्द्रीय प्रशारण ३३ केभी लाइन सुर्खेतको सल्ली बजारबाट करिब ४० किमी लाइन तानेर भेरी नदीको किनार कुदुमा सब-स्टेसन सम्पन भएको हाे । 

    ५ करोड ९२ लाख रूपैयाँकाे कुदु जाजरकोट ३३ के भी, ३ एम भी ए सब-स्टेसन आयोजना नेपाल विद्युत प्राधिकरण, नेपालगंज क्षेत्रीय कार्यालय अन्तर्गत ठेकेदार अार के इन्टरनेसनलले पाएकाे थियाे । कम्पनीका महाप्रवन्धक सागर लुइँटेलले भने ‘दुइ वर्षकाे अथक प्रयासपछि काम सम्पन्न भएकाे छ । अब यस क्षेत्रमा विद्युत अनियमितता हटेर जान्छ ।’

    साे अायाेजनाकाे ०७२-११-१ मा तत्कालिन गृहमन्त्री शक्ति बहादुर बस्नेतले शिलान्यास गरेका थिए । करिब दुइ वर्षमा अाइतबार साे सब-स्टेशन चार्ज भएकाे छ । सब-स्टेशन चार्ज भएसँगै स्थानीयमा खुसी छाएकाे छ । सब-स्टेसन निर्माणपछि जाजरकोटमा विधुत को नियमितता हुनेछ भने ३ वटा ११ केवी फिडरबाट जाजरकोट विधुतीकारण मा सहयोग पुग्ने, भोल्टेजको सुधार भइ जाजरकोट बासीले नियमित बत्ति पाउने अवस्थाकाे अागमन भएकाे छ ।

    – गाउँ सहर