NepalEnergyForum

कालिका पावरको ६ लाख कित्ता आइपिओ आइतबारदेखि विक्रीमा, कहाँबाट आवेदन दिने ?

 गोरखामा आयोजनास्थल रहेको कालिका पावर कम्पनीले स्थानीय बासिन्दाको लागि रु छ करोड बराबरको साधारण सेयर आइतबार अथार्त माघ २१ गते निष्काशन हुने भएको छ ।

नेपाल धितोपत्र बोर्डले पुष १९ गते  शुक्रबार कालिका पावरलाई छ लाख कित्ता साधारण सेयर जारी गर्ने अनुमति दिएको हो । बोर्डका प्रवक्ता नीरज गिरीका अनुसार कम्पनीले रु १०० मूल्य अंकित दरको छ लाख कित्ता साधारण सेयर जारी गर्ने छ ।

कम्पनीले साधारण सेयर निष्कासनका लागि काठमाण्डू क्यापिटल मार्केट लिमिटेड र ग्लोबल आइएमइ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ ।

गोरखाको दरौदी खोलामा कम्पनीले छ मेगावाट क्षमताको दरौदी कालिका जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । स्थानीयवासीलाई साधारण सेयर दिएपछि कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर जारी गर्नेछ ।

:अर्थ संसार