उर्जा मन्त्रालयको गुनासो सुनुवाई संवन्धी अत्यन्त जरुरी सूचना

    2031

    आम सर्वसाधारणको लागि विद्युत आपूर्ति व्यवस्थालाई सरल सहज र भरपर्दो वनाउन संवन्धित निकायबाट भए÷गरेका कार्यमा ढिला सुस्ति एवं अनियमितता र चुहावट भएको अवस्थामा सूचना प्राप्त गर्न उर्जा मन्त्रीको प्रत्यक्ष मातहतमा रहने गरी गुनासा व्यवस्थापन युनिट स्थापना गरिएको व्यहोरा सवैमा जानकारी गराईन्छ । सर्वसाधारण एवं कर्मचारी वर्गमा निम्न अवस्थामा तत्काल सूचना दिई सहयोग गरि दिनु हुन उर्जा मन्त्रालय हार्दिक अनुरोध गर्दछ । तथ्यपरक र जायज विषय सम्वन्धी सूचनाको तत्काल सम्वोधन गर्न उर्जा मन्त्री आफैले आवश्यक कदम चालिनेछ । सूचना दिनेको विवरण गोप्य राखिनेछ ।

    १ ट्रान्स्फर्मर जलेर, पोल ढलेर वा तार चुडेर आपूर्ति वन्द भएको लामो समयसम्म विद्युत आपूर्ति सुचारु नभएमा
    २ मिटर जडानको लागि निवेदन दिएको सात दिनभित्र मिटर जडान नभएमा वा लोड स्वीकृत गर्दा अनावश्यक रकम माग गरेमा
    ३ लोड सेडिङको तालिकाभन्दा फरक समयमा लोड सेडिङ गरेमा वा तोकिएको समयभन्दा बढी÷घटी लोड सेडिङ गरेमा
    ४ कर्मचारी र ग्राहकको मिलोमतोमा विद्युत चुहावट भएको पाइएमा वा ग्राहकले गैरकानूनी रुपमा विद्युत वाल्ने काम भएको पाईमा
    ५ आयेजनाका कर्मचारी वा ठेकेदारको लापारवाहीले निर्माण स्थलमा काम ढिला सुस्ति भएमा वा अपारदर्शी हिसावले गुणस्तहीन कार्य भएमा
    ६ कुनै पनि किसिमको आर्थिक अनियमितता एवं चलखेल भएको सूचना प्राप्त भएमा
    ७ ग्राहकले नो लाईट सेवामा फोन गर्दा फोन नउठाएमा वा सूचना दिंदा पनि विद्युत सेवा तत्काल सुचारु नगरेमा
    ८ वक्यौता रकम लामो समयसम्म नतिरेको तर विद्युत सेवा लिई रहेको पाइएमा
    माथि उल्लेखित विषयमा सूचना दिन उर्जा मन्त्रीको मातहतमा रहने गुनासो व्यवस्थापन युनिटको निम्न टेलिफोन वा ईमेल वा मोवाइल वा एस. एम. एस. मार्पत सम्पर्क गर्नु हुन अनुरोघ छ ।

    फोन नं 01—4211606 (समयः दिउसो ११ बजे देखि १ बजे सम्म)

    ईमेल : energy@moen.gov.np (समयः २४अ‍ै घण्टा)

    मोवाईल नं : 9861666366 (समयः दिउसो ११ बजे देखि १ बजे सम्म)

    एस एम. एस. :9861666366 (समयः २४अ‍ै घण्टा )