NepalEnergyForum

इपानमा नयाँ कार्य समिति चयन

Newly elected Executive Committee(EC) of IPPAN. Names from the left: Mr Ashish Garg- EC member, Mr. Sudhir Pd. Timilsina- EC Member, Mr. Tuk Pd. Paudel- Secretary General, Mr. Kumar Pandey- Vice-President, Mr. Shailendra Guragain- President, Mr. Ananda Chaudhary- Treasurer, Mr. Narendra Prajapati- EC Member, Mr. Him Pathak- EC Member, Mr. Pratik Pradhan- EC Member, Mr. Ganesh Karki- EC Member

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान) को सभापतिमा शैलेन्द्र गुरागाईं निर्वाचित भएका छन् ।
बुधबार राजधानीमा सम्पन्न इपानको १५ औं वार्षिका साधारणसभाले गुरागार्इंको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन गरेको हो। उप–सभापतिमा कुमार पाण्डे, महासचिव तुकप्रसाद पौडेल कोषाध्यक्षमा आनन्द चौधरीलाई चयन गरेको इपानले जनाएको छ ।

यस्तै कार्यसमिति सदस्यमा आशिष गर्ग, गणेश कार्की, हिमप्रसाद पाठक, नरेन्द्र प्रजापति, प्रतिकमानसिंह प्रधान, सुधिरप्रसाद तिमिल्सिनालाई निर्वाचित गरेको छ ।