NepalEnergyForum

आदिशक्तिले स्थानीयलाई ३ करोडको सेयर दिने

नुवाकोट ८ असोज ।

आदिशक्ति जल विद्यूत आयोजनाले स्थानीयबासिन्दाको लागि तीन करोड रुपैयाँको सेयर दिनेभएको छ । नुवाकोटमा पहिलो पटक निजी लगानीमा निर्माण भएको यो आयोजनाले प्रभावित क्षेत्रका बासिन्दाको लागि तीन करोड रुपैयाँ बराबरको तीन लाख कित्ता सेयर उपलब्ध गराउन लागेको हो ।

सुन्दरादेवी गाविसको सातविसेमा मंगलवार आयोजित कार्यक्रममा आदिशक्ति जलविद्युत विकास कम्पनीका अध्यक्ष मनोहर मुलले प्रभावित क्षेत्रका बासिन्दाको लागि तीन करोड रुपैयाँ बराबरको तीन लाख कित्ता सेयर उपलब्ध गराउन लागेको जानकारी दिए । तादीखोला जल सम्पदा तथा वातावरण संरक्षण संस्थाको पहलमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयबासीहरुले आयोजनाको विविधि विषयमा आफ्नो जिज्ञासा राखेका थिए ।
सहभागीहरुको उत्तर दिँदै आदिशक्ति विद्युत विकास कम्पनीका अध्यक्ष मनोहर मुलले तोकिएकै समयमा आयोजना सम्पन्न भएर आदिशक्ति जल विद्युत आयोजनाले नमुना प्रस्तुत गरेको बताउँदै स्थानीयलाई पनि सहभागीता जनाउनका लागि सेयर निस्कासन गरेको बताए । पाँच मेगावाट क्षमताको यो आयोजनाले केही महिना अघि विद्युत उत्पादन सुरु गरिसकेको छ ।

प्रस्तुति: कारोबर