रसुवा–भोटेकोसीको भयो डलरमा पीपीए

    834
    • ‘टेक एण्ड पे’ सर्तमा

    काठमाडौं । चिनियाँ लगानीमा निर्माण हुन लागेको १२० मेगावाटको रसुवा–भोटेकोसी जलविद्युत आयोजनाको अमेरिकी डलरमा विद्युत खरिद बिक्री सम्झौता (पीपीए) भएको छ । नेपाल विद्युत प्राधिकरण र आयोजनाको प्रवद्र्धक कम्पनीबीच विहीबार पीपीएमा हस्ताक्षर भएको हो । आयोजना पीपीए ‘टेक एण्ड पे’ सर्तमा गरिएको छ । नेपाल विद्युत प्राधिकरणले विदेशी लगानीमा निर्माण हुने जलविद्युत आयोजनासँग  गरिने विद्युत खदि बिक्री सम्झौता (पीपीए)को निर्देशिका कार्यान्वयनमा ल्याएपछि रसुवा–भोटेकोसीसँग पहिलो पीपीए भएको हो ।
    प्राधिकरणले आयोजनाको विद्युत  सुक्खायाम र वर्षायामको क्रमश ः रु ८.४० र ४.८० प्रति युनिट दरमा किन्ने छ । स्वदेशी लगानीमा निर्माण हुने नदी प्रवाहमा आधारित (आरओआर) आयोजनालाई अहिले दिंदै आएको सुक्खायाम र वर्षायामको दर नै रसुवा–भोटेकोसीले पाएको छ ।
    रन अफ रिभर आयोजनाका लागि १६ मंसिरबाट १५ जेठलाई शुख्खायाम र १६ जेठदेखि १५ मंसिरसम्मलाई वर्षायाम कायम गरिएको छ । तर, कुल वार्षिक ऊर्जाको ३० प्रतिशत शुख्खायाममा नपु¥याएमा शुख्खायाम (पुस–चैत) र वर्षायाम ( वैशाख–मंसिर) कायम गरिने व्यवस्था छ ।
    करिव २२ अर्ब अनुमानित लागत रहेको रसुवा–भोटेकोसीमा चीनको सिचुवान कम्पनी र नेपाली काँग्रेसका पूर्व सांसद दीपक खड्काको लगानी छ । सुरुमा आयोजनाको लाइसेन्स लिएका खड्काले पछि चिनियाँ कम्पनी ल्याएका थिए । आयोजनाले
    उत्पादन लाइसेन्सका लागि विद्युत विकास विभागमा लाइसेन्स दिएको छ ।
    स्वदेशी लगानीकर्तालाई जस्तै विदशीलाई पनि वार्षिक ३ प्रतिशतका दरले ८ वटा मुल्य बृद्धि (स्कालेसन) पाउने व्यवस्था गरिएको छ । रसुवा–भोटेकोसीले पनि यही सुविधा पाउने छ  प्राधिकरणले विदेशी लगानीमा निर्माण हुने एक सय मेगावाटभन्दा ठूला आयोजनासँग विदेशी ऋणको अंशका लागि मात्रै डलरमा पीपीए गर्ने नीति लिएको छ ।
    अधितकम दश वर्ष वा व्यवसायीक विद्युत उत्पादन सुरु दिन (सिओडी) देखि ऋण चुत्ता अवधि (पे–व्याक पिरियड) जुन अघि हुन्छ सोही अवधिसम्मका लागि मात्रै डलरमा पीपीए हुने छ । उक्त अवधि सकिएपछि बाँकी पीपीए अवधिभर सबै रकम नेपाली रुपैयाँमा भुत्तानी हुने व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ ।
    पीपीए दर स्थिर गरिएकाले एकातर्फ आयोजनाको प्रवद्र्धकले तय गरेका अनुमानित लागतको कुनै मतलव हु“दैन भने अर्कोतर्फ लागत बढाएर महंगोमा पिपिए गर्न खोज्ने विदेशी लगानीकर्तालाई निरुत्साहित गर्ने छ । विदेशी लगानीमा निर्माण हुने आयोजनामा लगानी संरचनाको सीमा पनि निश्चित गरिएको छ । त्यस्ता आयोजनामा स्वपूजि (इक्विटी)को अंश २० प्रतिशतभन्दा कम र ऋणको अंश अधिकतम ८० प्रतिशत तोकिएको छ । प्रवद्र्धकको इक्विटीमा प्रतिफल १७ प्रतिशतभन्दा नबढ्ने गरि पिपिए दर तय गरिएको छ ।
    पीपीए गरिने दिनका लागि नेपाल राष्ट्र बैकले तोकेको डलरको सटही मूल्यलाई स्थिर राखिने छ । रसुवा–भोटेकोसीको पीपीए भएको विहीबारको डलर मूल्यलाई स्थिर राखिएको छ । यसले हरेक दिनको डलरको विनिमयदरमा आउने उतार चडावले
    भुत्तानीमा कुनै फरक नपार्ने प्राधिकरणले जनाएको छ । आयोजनाबाट उत्पादित विजुलीको विल नेपाली रुपैया“मा  आउने छ । व्यापारिक रूपमा विद्युत् उत्पादन हुन थालेपछि बिल नेपाली रुपैया“मै आउ“छ भने त्यसलाई पीपीए गर्दा स्थिर राखिएको विनिमय दरले गणना गरि डलरमा भुत्तानी दिइने छ ।
    तर, कूल लागतको ८० प्रतिशतमा नबढ्ने गरि डलर ऋण लगानी गरेका एक सय मेगावाटभन्दा ठूला आयोजनाले मात्रै डलरमा भुत्तानी पाउने छन् । बाँकी विल नेपाली रुपैयाँमा भुत्तानी हुने व्यवस्था गरिएको छ । डलरमा पिपिए गर्दा  विनिमय जोखिम (एक्सेन्स रिक्स) बेहोर्न कोष स्थापना गरिने छ । नेपाली मुद्रा कमजोर बनेर डलरमा बिल भुक्तानी गर्दा प्राधिकरणको वित्तीय स्वास्थ्यमा पर्ने जोखिम कम गर्न ‘हेजिङ फण्ड’ स्थापनाको प्रस्ताव गरिएको हो ।
    नेपाल राष्ट्र बैकले ‘हेजिङ फण्ड’ को स्थापना, संचालन र नियमनको ढांचा तयार गर्ने छ । हेजिङ लागत÷प्रिमियम नेपाल सरकार, प्राधिकरण र प्रवद्र्धकले व्यहोर्ने छन् । डलरको सटही दर बढेको अवस्थामा फण्डमार्फत जोखिम व्यहोरिन्छ । यसले गर्दा  सटही जोखिम बिजुली खरिदकर्ता (प्राधिकरण) या लगानीकर्ताले ब्यहोनु पर्दैन । तर, फण्ड स्थापना हुन नसकेमा रसुवा–भोटेकोसीको पीपीएको डलर सटही जोखिम प्राधिकरणले व्यहोर्ने छैन । विद्युत खरिदकर्ता र लगानीकर्ता दुवैलाई मारमा पर्न नदिन विभिन्न मुलुकले हेजिङ फण्ड प्रयोगमा ल्याएका छन् । यस अघि डलरमा पिपिए गरिएका आयोजनाको सटही जोखिम प्राधिकरणले व्यहोर्दै आएको छ । विगतमा डलरमा पिपिए गरिएका आयोजना खिम्ती सुरुमा डलरमा पिपिए गरिएको ६० मेगावाटको खिम्ती आयोजनाले सरकारलाई बुझाउनु पर्ने रोयल्टी , भुत्तानी गर्दा लाग्ने बैक शुल्क र वैदेशिक मुद्राको विनिमय जोखिम पुरै प्राधिकरणले व्यहोरिरहेको छ । १ माघ २०५२मा पिपिए भएको आयोजनाको आधार वर्षको खरिद दर अमेरिकी ५.९५ सेन्ट तय गरिएको थियो ।
    उपलब्ध गराईएको ऊर्जाको आधारमा डिमाण्ड चार्ज गणना गरि त्यसका आधारमा भुत्तानी हुने व्यवस्था गरिएको छ । डिमाण्ड चार्जको ९६.७४८६ प्रतिशत डलरमा र ३.२५१४ प्रतिशत नेपाली रुपैयाँमा भुक्तानी हुने व्यवस्था छ । डलरको अंश भुक्तनी दिनको विनिमय दरमा र नेपाली अंशकको सिधै नेपाली रुपैयाँमा भुक्तानी हुने छ । डलरको अंशका लागि अमेरिकी उपभोत्ता मूल्य सूचीका आधारमा र नेपाली रुपैयाँ अ्रशका लागि नेपाल राष्ट्र बैकले निर्धारण उपभोत्ता मूल्य सूचीका आधारमा वार्षिक मूल्यबृद्धि दिने व्यवस्था छ । यो वापत व्यापारिक विद्युत उत्पादन सुरु भएको २० वर्ष पछि खिम्तीको आधार स्वामित्व एक रुपैयाँमा प्राधिकरणमा आउने व्यवस्था छ । सन् २०२०मा खिम्तीको आधा स्वामित्व प्राधिकरणामा आउँदै छ ।
    भोटेकोसी ६ साउन २०५३मा भएको भोटेकासीको आधार वर्षको पिपिए दर अमेरिकी ६ सेन्ट्स थियो । भोटेकोसीबाट खरिद हुने विद्युतको भुत्तानी गर्दा बैक शुल्क र वैदेसिक मुद्राको विनियमय जोखिम प्राधिकरणले पुरै व्ययहोर्छ । तर, रोयल्टी भने कम्पनीले नै तिर्छ । आयोजनालाई वार्षिक ०–६ प्रतिशतसम्म मुल्यबृद्धि दिने व्यवस्था गरिएको छ । व्यापारिक उत्पादन सुरु भएको
    दिनदेखि २५ वर्षसम्म प्राधिकरणले विद्युत खरिद गर्नु पर्ने छ ।
    माथिल्लो मस्र्याङदी ए ५० मेगावाटको माथिल्लो मस्र्याङदी एको विद्यत खरिद दर अमेरिकी ५.९९५ सेन्ट प्रति युनिट छ । आयोजनासँग पिपिए भएको आधार वर्षको १६औं वर्षसम्म खरिद दरको ९७ प्रतिशत अमेरिकी डलर र तीन प्रतिशत नेपाली रुपैयाँ हुनेछ भने १७औं वर्षदेखि ९० प्रतिशत अमेरिकी डलर र दश प्रतिशत नेपाली रुपैयाँ हुने व्यवस्था छ । १५पटक सम्म वार्षिक तीन प्रतिशतका दरले चक्रवर्ति बृद्धि दिइने व्यवस्था पिपिएमा गरिएको छ । डलर सटही जोखिम पूरै प्राधिकरणले व्यहोर्ने व्यवस्था छ । आयोजनासँग पिपिए भएको आधार वर्षको १६औं वर्षसम्म खरिद दरको ९७ प्रतिशत अमेरिकी डलर र तीन प्रतिशत नेपाली रुपैयाँ हुनेछ भने १७औँ वर्षदेखि ९० प्रतिशत अमेरिकी डलर र दश प्रतिशत नेपाली रुपैयाँ हुने व्यवस्था छ ।
    तल्लो सोलु ८२ मेगावाटको तल्लो सोलु जलविद्युत आयोजनाकोे ऋण चुक्ता गर्ने अवधि व्यवसायीयकरुपमा विद्युत उत्पादन सुरु मितिले १० वर्ष (१२०औं महिनां सम्म मासिक बिल रकम मध्ये आंशिक रुपमा विदेशी मुद्रामा र नेपाली मुद्रामा भुक्तानी  हुने गरि पिपिए गरिएको छ । नेपाली रुपैंयामा प्राप्त बिलको यसरी भुक्तानी गर्दा अमेरिकी डलरको तुलनामा नेपाली रुपैंयाको मिति २०७०।०७।१२ को नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको बिक्री दर रु.९८।६८ प्रति डलरमा स्थिर राखी आंशिक रुपमा विदेशी मुद्रामा र नेपाली मुद्रामा भुक्तानीको व्यवस्था छ । विलमध्ये ४५ प्रतिशत नेपाली रुपैयाँमा भुक्तानी हुन्छ भने बाँकी ५५ प्रतिशत डलरमा भुत्तानी हुन्छ ।  तल्लो सोलुको वर्षायाममा प्रति यनिट रु.४।८० र सुख्खा याममा प्रति यनिट रु.८।४० पनि पिपिए दर कायम गरिएको छ । ऋण चुक्ता गर्ने अवधि सकिएपछि सम्झौता अवधिसम्म सम्पूर्ण बिल रकम नेपाली रुपैंयाँमा भुक्तानी  गरिने छ । ५ वर्षसम्म दिने ३ प्रतिशत साधारण मूल्यवृद्धि पनि नेपाली रुपैयाँमै हुने छ । डलर सटही जोखिम लिएबापत पिपिए अवधिको अन्तिम ५ वर्षमध्ये सुरुका २
    वर्षमा १५ प्रतिशत र बाँकी ३ वर्षमा २५ प्रतिशत निःशुल्क ऊर्जा आयोजनाले प्राधिकरणलाई दिने व्यवस्था छ ।
    कावेली ए नेपाल विद्युत प्राधिकरण र ३७.६ मेगावाटको कोवेली ए जलविद्युत आयोजनाबीच ७ जेठ २०७२मा पिपिए भएको हो । आधार वर्षको पिपिए दर प्रतियुनिट ५.७६६० (भ्याट बाहेक) र ६.२९८५ (भ्याट सहित) सेन्ट्स छ । विलको ६० प्रतिशत डलरमा र ४० प्रतिशत नेपाली रुपैयाँमा भुत्तानी हुने व्यवस्था छ । डलर अंशका लागि ३ प्रतिशत र नेपाली रुपैयाँका लागि वार्षिक ६ रकम सटही जोखिम प्राधिकरणले बेहोर्नेछ । तर, १६ वर्षपछि आयोजनाको बोलपत्र आह्वान गर्दाको डलर सटही दर ७१ रुपैयाँ २५ पैसालाई आधार मानी त्यसभन्दा बढीको रकम प्राधिकरण र आयोजनाले आधा–आधा बेहोर्नेछन् ।