यस वर्षको सबैभन्दा ठूलो आइपीओमा लगानीको अवसर, मध्यभोटेकोशीको ३ अर्बको साधारण सेयर आउँदै

    1978

    सरकारी स्वामित्वको मध्यभोटेकोशी जलविद्युत् आयोजनाले रु तीन अर्ब बराबरको साधारण सेयर जारी गर्ने भएको छ ।

    साधारण सेयर जारी गर्नका लागि आवश्यक तयारी भइरहेको बताइएको छ ।यसअघि जलविद्युत लगानी तथा विकास कम्पनीले रु २ अर्ब बराबरको साधारण सेयर निष्काशन गरेको थियो ।

    मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले संस्थापक बाहेकको ४९ प्रतिशतले हुने रु २ अर्ब ९४ करोड बराबरको साधारण सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले उक्त सेयर निष्काशनको प्रस्ताव पारित गर्नका लागि साधारण सभा बोलाएको छ ।

    कम्पनीले सेयर निस्काशनका लागि प्रभु क्यापिटल, सिभिल क्यापिटल, एस क्यापिटल,सिबिआईएल क्यापिटल, सानिमा क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र लक्ष्मी क्यापिटललाई सह निष्काशन तथा विक्री प्रवन्धकमा नियुक्त गरेको छ । कम्पनीले उल्लेखित सेयरहरु तीन चरणमा जारी गर्ने जनाएको छ ।

    जस अनुसार पहिलो चरणमा कर्मचारी संचय कोषका संचयकर्ताहरुका लागि कुल रु एक अर्व १७ करोड बराबरको एक करोड १७ लाख कित्ता शेयर, संस्थापक शेयरधनी संस्थाका कर्मचारीका लागि रु २१ करोड बराबरको २१ लाख कित्ता शेयर र ऋणदाता संस्थाका कर्मचारीका लागि रु ६ करोड बराबरको ६ लाख कित्ता शेयर जारी गर्नेछ ।

    दोस्रो चरणमा आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानिय बासीन्दाका लागि  रु ६० करोड बराबरको ६० लाख कित्ता शेयर जारी गर्ने कम्पनीले जनाएको छ ।

    तेस्रो चरणमा कम्पनीले सर्वसाधारण तथा कम्पनीका कर्मचारीहरूका लागि रु ९० करोड बराबरको ९० लाख कित्ता शेयर जारी गर्ने तयारी गरेको छ ।

     

    – अर्थ संसार